सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई पाँचताराको सहकारी सम्मान घोषणा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई पाँचताराको सहकारी सम्मान घोषणा

काठमाडौं । पुरानो सिनामंगलस्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेल र इलाम जिल्ला सहकारी संघका अध्यक्ष विष्णु कुमारी लिम्बु दाहाललाई सहकारी अभियन्ता सम्मान बाट पुरस्कृत गरिने घोषणा गरेको छ । संस्थाले प्रत्येक बर्ष बार्षिकोत्सवका अवसरमा सहकारी अभियन्ता सम्मान घोषणा गर्ने गरेको संस्थाका व्यवस्थापक राधा कडरियाले जानकारी गराउनुभयो । २०७६ मा पनि कोभिड १९ का कारण लकडाउन परेकोले संस्थाको १२ औं बार्षिकोत्सब कार्यक्रम प्रभावित भएकोले २०७६ र ०७७ दुवै बर्षको सहकारी सम्मान घोषणा यस बर्ष गरिएको संस्थाले जनाएको छ । 

संस्थाले आफ्नो १३औं बार्षिकोत्सव समारोह पनि कोभिड संक्रमण जोखिमका कारण विस्तृत रुपमा गर्न नसकिएको व्यवस्थापक कडरियाले बताउनुभयो । संस्थाको सभाहलमा आज आयोजित एक संक्षिप्त कार्यक्रमका बीच १२औं र १३औं सहकारी अभियन्ता सम्मान घोषणा सहित नयाँ बर्ष शुभकामना आदान प्रदान गरेको थियो ।  आज घोषित सम्मान तथा पुरस्कार संस्थाले बार्षिक साधारणसभाका अवसरमा वितरण गरिने जनाएको छ । 

समय र प्रविधिको समन्वय मार्फत सहज र शुलभ सेवा दिन सकिन्छ भन्दै सदस्यहरुलाई प्रविधिमैत्री वितीय सेवा उपलब्ध गराउँदै आएको पाँचतारा साकोसले ४०० जना नियमित बचतकर्ता र उद्यम खाता खोल्ने सदस्यहरुलाई निशुल्क अटोमेडेट टेलर मेसिन (एटीएम) कार्ड सेवा वितरण गरी वित्तीय कारोवारमा सहजता प्रदान गरेको जनाएको छ । 

२०७७ फागुन ५ गते बाट एटीएम सेवा शुरु गरेको संस्थाले पहिलो चरणमा २००० एटीएम कार्ड वितरणको योजना ल्याएको हो । साथै मोइबाइल एण्ड डेटा टेक्नोलोजी अन्तर्गतका सम्पूर्ण प्रविधि सेवा उपलब्ध गराएको साकोसले एटीएम सेवा र अन्य प्रविधि प्रयोग विस्तार सँगै सदस्य कारोबार बढेको व्यवस्थापक कडरियाले जानकारी गराउनुभयो । एससीटी नेटवर्कसँगको सहकार्यमा शुरु गरिएको एटीएम सेवाबाट सदस्यले नेटवर्कमा आवद्ध जुनसुनै संस्थाको मेशिनमा कार्ड स्वाप गरेर भुक्तानी लिन सकिने साथै ई कमर्श, वालेट जस्ता प्लाटफर्ममा कार्ड एड गरेर विभिन्न वस्तु खरिद तथा सेवा उपभोग गर्न सकिने संस्थाले जनाएको छ । करिब २ हजार सदस्यहरु रहेको साकोसको कुल वासलात ६५ करोड भन्दा माथि रहेको छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप