निषेधाज्ञामा पनि सहकारी सेवा निरन्तरता  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
निषेधाज्ञामा पनि सहकारी सेवा निरन्तरता  

काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम र न्यूनीकरणका लागि आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको छ । उपत्यकाका ३ वटै जिल्लामा स्थानीय प्रशासनले पहिलो चरणमा बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । संक्रमण बढेपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आजबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आवश्यकता अनुसार स्थानीय प्रशासनले निर्णय लिनसक्ने अधिकार प्रदान गरेको थियो ।
यसैबीच, निषेधाज्ञाको अवस्थामा समेत अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ सहकारी संघ संस्थाहरुले जनस्वास्थ्यका आवश्यक मापदण्ड पालना गर्दै सेवा निरन्तरता दिएका छन् । 

देशभरका सहकारीहरुको शीर्षस्था निकाय राष्ट्रिय सहकारी महासंघले अपील जारी गरी प्रविधिमा आधारित सेवालाई प्राथमिकतामा राखी न्यूनतम कर्मचारीबाट सेवा प्रदान गर्न आग्रह गरेको थियो भने वित्तीय सहकारीहरुको एक मात्र छाता संघ नेफ्स्कूनले पनि हिजो मात्र १९ बुँदे मार्गदर्शन जारी गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्दै प्रविधिमा आधारित सेवा प्रदान गर्न सदस्य संघ संस्थाहरुलाई आग्रह गरेको थियो । नेफ्स्कूनले न्यूनतम कर्मचारीहरुबाट सेवा दिन, आलोपालो प्रणाली लागू गर्न, रिमोर्ट भुक्तानी व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

जिल्ला सहकारी संघ लि. काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारी संस्थाहरु खोल्न तथा कर्मचारीहरुलाई आवतजावतमा आज कुनै कठिनाई नभएको बताउनुभयो । “म आफै अहिले धेरै स्थानमा पुगेँ पनि र फोनमार्फत पनि जानकारी लिदा कही कुनै प्रकारको समस्या आएको थाहा छैन,” उहाँले भन्नुभयो, “ कार्यालयको परिचय पत्रका आधारमा आवागमन सहजता कायम भएको छ ।” उहाँले सहकारी विभागका रजिष्ट्रारसँग कुरा हुँदा उहाँले आफै समन्वय गर्ने वचन दिएकाले संघकतर्फबाट प्रशासनमा अरु कुनै कुरा नभएको स्पष्ट पार्नुभयो । अध्यक्ष तामाङले सबै सहकारीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सकेसम्म कम कर्मचारीबाट अत्यावश्यक सेवा सञ्चालन गर्न विज्ञप्ति नै जारी गरिएको बताउँदै स्वास्थ्य जोखिमलाई ध्यान दिई सेवा प्रवाह गर्दा आवश्यक सर्तकता अपनाउन पुनः आग्रह गर्नुभयो । 

स्थानीय प्रशासनहरुले निषेधाज्ञासम्बन्धी जारी गरेको सूचनामा सहकारी संघ संस्थाका कर्मचारी तथा उनीहरुका निजी सवारी साधनलाई समेत आवतजावतमा अवरोध नहुने प्रत्यक्ष अप्रत्यक्ष उल्लेख छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा बैंकिङ कारोबार भएका बचत तथा ऋण सहकारी संस्थाहरुको हकमा बढीमा ३ जना कर्मचारी मात्र खटाउने गरी निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको अनुमति र परिचय पत्रका आधारमा आवतजावत गर्न पाउने उल्लेख छ । ललितपुर जिल्लामा पनि सहकारी सञ्चालन र कर्मचारी आवागमनमा कुनै समस्या नआएको विभिन्न सहकारीका अध्यक्ष एवम् व्यवस्थापकहरुले साकोस आवाजलाई बताउनुभयो । 

यसैगरी, भक्तपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा सहकारी वा वित्तीय सहकारी नभनिएपनि न्यूनतम कर्मचारी व्यवस्था गरी स्वास्थ्य मापदण्ड पालना गर्दै सहकारी संघ संस्थाहरुलाई सेवा प्रवाहमा कुनै रोक नलगाइएको भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बताउनुभयो । “मैले प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष कुरा गर्दा जनतासँग प्रत्यक्ष सरोकार राख्ने सहकारीहरुलाई नियमित सञ्चालनमा कुनै अवरोध नहुने उहाँले स्पष्ट पार्नुभयो,” अध्यक्ष लाखाजुले भन्नुभयो, “तर हुलमुल नगरी जनस्वास्थ्यको ख्याल गरी आवश्यक सुरक्षा र स्वास्थ्य सर्तकता अपनाउनुपर्ने विषयमा प्रमुख जिल्ला अधिकारीको जोड थियो ।” अध्यक्ष लाखाजुले अहिलेसम्म जिल्लाका कुनै पनि सदस्य संस्थाहरुबाट कार्यालय सञ्चालन तथा कर्मचारीहरुको आवतजावतमा कठिनाई भएको गुनासो नआएको दाबी गर्नुभयो ।
काठमाडौं जिल्लामा रहेका विभिन्न सहकारी संघ संस्थामा कार्यरत कतिपय कर्मचारीहरुले आवागमनमा कुनै अवरोध नभएको साकोस आवाजलाई बताएका छन् । केहीले भने एक दुई स्थानमा सामान्य सोधपुछ मात्र गरिएको बताउनुभयो ।
प्रारम्भिक सहकारी संघ संस्थाहरुले पनि सूचना जारी गरी न्यूनतम कर्मचारी, आलोपालो तथा घरबाट काम गर्ने गरी व्यवस्था मिलाएका छन् भने कार्यालयमा पनि मास्क, फेससिल्ड, स्यानिटाइजर आदिको व्यवस्था गरेको जनाएका छन् । सबैभन्दा उल्लेख्य कुरा त सहकारी संघ संस्थाहरुले सकेसम्म प्रविधिमा आधारित सेवामा जोड दिन र उपलब्ध सेवा प्रयोगमा जोड दिन आग्रह गरेका छन् ।
 
भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप