परिचय फेर्दै सुपौली गाउँ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
परिचय फेर्दै सुपौली गाउँ

सहकारी नमुना गाउँ सहकारी पर्यटनका लागि उपयुक्त बन्ने विश्वास सँगै होम स्टे सेवा मार्फत विकासको सम्भावना सुपौलीले लिएको छ ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. १४ स्थित सुपौली गाउँ छिट्टै सहकारी नमुना गाउँको नामले चिनिँदैछ । परिश्रमी सुपौलीबासीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने द्देश्यसहित लुम्बिनी प्रदेश–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयोग र रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको निर्व्याजी ऋण सहयोगमा ५ बर्षे परियोजना अगाडि बढेको हो । 

प्रदेश सरकारको ३० लाख अनुदान सहयोग र जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको ३० लाख ऋण सहयोगमा परियोजना मार्फत पहिलो चरणमा ८७ घरपरिवार लाभान्वित हुने जनउत्थान साकोसका अध्यक्ष ज्ञानु पौड्यालले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “विपन्न समुदायलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले पहिलो चरणमा ८७ परिवारलाई परियोजना अन्तरगत जोड्दैछौं । जसमा विभिन्न फरक व्यवसायका लागि संरचना निर्माण सहित बाख्रा, बंगुर, च्याउ खेती, माहुरी र होमस्टे निर्माणको काम भइरहेको छ ।” कृषि पशुपालन र पर्यटन व्यवसाय मार्फत सेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य एउटा हो भने अर्को सुपौली गाउँलाई कृषि, पशुपालन र सहकारी पर्यटनको क्षेत्रमा देशभरका सहकारीहरुका लागि सिकाइ तथा अवलोकन केन्द्रको रुपमा विकास गर्ने रणनीति अगाडि सारेका छौं । 

स्थानीय व्यक्तिहरुकै संलग्नतामा ५ सदस्यीय सहकारी नमुना गाउँ व्यवस्थापन उपसमिति गठन गरी गत बर्ष फागुनबाट शुभारम्भ भएको परियोजना मार्फत गाउँकै स्थानीयहरु माझ व्यावसायिक उद्यमको थालनी भएको हो । स्थानीय राजकुमार पुन र धनबहादुर थापालाई पनि परियोजना मार्फत २५ घार माहुरी उपलब्ध गराइएको छ भने स्थानीय दश घरपरिवारले १/१ कोठा उपलब्ध गराई सुविधा सम्पन्न होमस्टे सेवा सञ्चालनको तयारी गरिरहेका छन् ।  

सहकारी मार्फत गाउँको विकास सम्भव छ भन्ने कुरालाई सुपौली गाउँ ले स्थापित गर्छ भन्नेमा पूर्ण विश्वास छ ।  सहकारी नमुना गाउँ व्यवस्थापन उपसमिति का अध्यक्ष एवम् जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य बुद्धिबल न्यौपानेले  भन्नुभयो, “निर्वाहमुखी कृषि पेसा अगाल्दै आएका कृषकहरुलाई व्यावसायिक कृषि पेसातर्फ रुपान्तरण गर्न सहकारी नमुना गाउँ निर्माणको थालनी भएको हो, विभिन्न व्यावसायिक उद्यम सँगै होमस्टे सेवा विस्तारको योजनालाई पनि अगाडि सारेका छौं । उहाँले भन्नुभयो, “पहिलो चरणमा १० घरबाट होम स्टे सेवा शुरु भएको छ । पर्यटकीय आकर्षणका स्थलहरु जस्तैः नन्द भाउजु ताल, तिनाउ नदि, बाउन्न कोटी मन्दिर पनि सुपौली गाउँको निकटमै पर्छन् । त्यससँगै सहकारी नमुना गाउँ पनि सहकारी पर्यटनका लागि उपयुक्त बन्ने विश्वास सँगै होम स्टे सेवा मार्फत विकासको सम्भावना सुपौलीले लिएको छ ।” 

प्रदेश सरकारको अनुदान सहयोग र सहकारीको ऋण सहयोगमा शुरु भएको व्यावसायिक उद्यम सफल भएभने विस्तार गर्दै लगिने योजना सहकारीको हो ।

स्थानीय उद्यमी धनिसरा थापाले यसअघि जसोतसो घरमा ८/१० वटा बंगुर पाल्नुहुन्थ्यो । व्यावसायिक रुपमा बंगुर पालन गर्ने थापाको इच्छा केही समय अघिदेखिको भएपनि आर्थिक अभावमा त्यो पुरा हुन सकेको थिएन ।  नमुना सहकारी गाउँ परियोजना मार्फत उहाँले आफ्नो निर्वाहमुखी दैनिकीलाई व्यावसायिक दैनिकीमा रुपान्तरण  गर्न पाउँदा उत्साहित हुनुहुन्छ । उपसमति अध्यक्ष न्यौपानेले भन्नुभयो, उहाँलाई अहिले परियोजनामार्फत २५ वटा बंगुरका पाठा दिइएको छ । त्यसैगरी स्थानीय टिका बुढाथोकीले यसअघि घरकै सानो खोरमा दुइवटा बंगुर पाल्दै आउनुभएको थियो । परियोजनाले उहाँलाई व्यावसायिक उद्यमी बन्न २५ वटा बंगुरका पाठा र खोरको निर्माणका लागि सहयोग गरेको छ । हामीले पहिलो चरणमा व्यवसाय उन्मुख कृषकहरुलाई छनौट गरेका हौं । क्रमैसँग भैसीपालन, गाइपालन व्यवसायमा रुची राख्ने स्थानीयको व्यवसाय विकासमा जोड दिइने छ, उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश सहकारी मन्त्रालय र जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको संयुक्त सहकार्यमा शुरु भएको नमुना सहकारी गाउँ परियोजनाको अवधारणाले सदस्यहरुलाई व्यावसायिक र साना साना कामबाटै उद्यमी बन्ने बाटो देखाउन सहयोग पुग्ने विश्वास लिइएको साकोसका व्यवस्थापक रणबहादुर थापाले बताउनुभयो । प्रदेश सरकारको अनुदान सहयोग र सहकारीको ऋण सहयोगमा शुरु भएको व्यावसायिक उद्यम सफल भएभने विस्तार गर्दै लगिने योजना सहकारीको हो । त्यसैले पनि पहिलो चरणमा थोरै घरपरिवारबाट शुरु गरेका छौं उहाँले भन्नुभयो । 

सहकारी नमुना गाउँ सुपौली को प्रवेशद्धार पनि आकर्षक बनाउन लागिएको छ । मेटलमा सहकारी नमुना गाउँ सुपौली लेखेर आकर्षक प्रवेश द्वारा राखिने तयारी भइरहेको र व्यवसाय सञ्चालनका लागि बाँकी संरचना सँगै प्रवेश द्वार निर्माणको काम सँगसँगै अगाडि बढेको परियोजनाका फोकल पर्सन एम बहादुर केसीले साकोस आवाजसँगको कुराकानीका क्रममा जानकारी गराउनुभयो ।  उहाँले भन्नुभयो, संरचना निर्माण पुरा भएकोमा काम थालनी भइसकेको छ । केही संरचना निर्माणको क्रममा छन् । पूर्ण रुपमा संरचनाको काम सम्पन्न भइसकेपछि र प्रबेश द्वारा निर्माण भएसँगै औपचारिक उद्घाटनको तयारी पनि गर्दैछौं । 

व्यवसायका लागि निशुल्क बाख्रा, बंगुर, माहुरी र होम स्टे संरचना निर्माण सँगै बाख्रा र बंगुरका माउ, बच्चा, पाठा, माहुरीका घार पाएपछि कृषि कर्ममा जुटेका स्थानीय उद्यमीहरु निकै खुशी देखिएका छन् । घर वरपरै घाँसबाली तथा घाँसका बोटहरु पर्याप्त लगाएकाले बाख्रा र बंगुरका लागि आवश्यक पर्ने घाँस र दानाको जोहो पनि स्थानीय उत्पादनबाटै गर्न सकिने भएपछि व्यावासायिक बाख्रा तथा बंगुर पालनमा थप सहज हुने विश्वास उनीहरुको छ ।  

सहकारी नमुना गाउँको परिचय स्थापित गर्दै लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पर्ने तिलोत्तमा नगरपालिका वडा नं १४ मा रहेको सुपौली गाउँ मा २ सय ३ घरधुरी छन् । सम्पूर्ण घरधुरिबाट करिबन ७ सय जना सहकारी का सेयर सदस्य छन् । तिलोत्तमा स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सहकारी स्थापनाको उद्गम गाउँको रुपमा रहेको सुपौलीलाई नमुना सहकारी गाउँ निर्माण गर्ने र सदस्यहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ५ बर्षे उद्यमशीलता योजना अगाडि सारेको हो । गत बर्ष भने सहकारीले सुपौली गाउँमा सामुहिक चक्लाबन्दी खेतीलाई प्रोत्साहन गरेको थियो । यस बर्ष ४ वटा ब्लकमा छुट्याएर व्यक्ति व्यक्तिले र दुई दुई जनाले सामुहिक रुपमा पनि धान खेती लगाएको संस्थाका व्यवस्थापक थापाले जानकारी गराउनुभयो । 

वि.सं. २०५९ सालमा सुपौली गाउँको स्थानीय ३१ जना युवाहरुको समूहबाट थालनी भएको सहकारीले आज तिलोत्तमा नगरपालिका वडा नं. १५ मा केन्द्रीय कार्यालय सहित विभिन्न सेवा केन्द्रहरुमार्फत सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ भने विभिन्न सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलापममा समेत उत्तिकै क्रियाशिल रहेको छ । 

 

भर्खरै
“परम्पराबाट प्रविधितर्फ: सहकारीमा जेन्जी पुस्ताको हस्तक्षेप”
“परम्पराबाट प्रविधितर्फ: सहकारीमा जेन्जी पुस्ताको हस्तक्षेप”

६ घण्टा अगाडि

सृजना महिला साकोसको २५औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
सृजना महिला साकोसको २५औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

२१ घण्टा अगाडि

नेफ्स्कून र कास्की संघद्धारा सञ्जाल साझेदारी कार्यक्रम , सहकारी सुदृढीकरणमा जोड
नेफ्स्कून र कास्की संघद्धारा सञ्जाल साझेदारी कार्यक्रम , सहकारी सुदृढीकरणमा जोड

२२ घण्टा अगाडि

चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

ज्योतिपुञ्ज साकोस स्क्यान कार्यक्रममा आबद्ध 
ज्योतिपुञ्ज साकोस स्क्यान कार्यक्रममा आबद्ध 

१ दिन अगाडि

पोखरा स्थित मुनाल साकोस स्क्यान कार्यक्रममा आबद्ध 
पोखरा स्थित मुनाल साकोस स्क्यान कार्यक्रममा आबद्ध 

३ दिन अगाडि

हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध
हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध

३ दिन अगाडि

दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।
दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।

३ दिन अगाडि

लोकप्रिय
चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।
दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।

३ दिन अगाडि

हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध
हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध

३ दिन अगाडि

मकवानपुर स्थित सक्रिय महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मकवानपुर स्थित सक्रिय महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नयाँपाटी साकोसद्वारा “Excellence Mindset;Transforming HR Performance" तालिम सम्पन्न
नयाँपाटी साकोसद्वारा “Excellence Mindset;Transforming HR Performance" तालिम सम्पन्न

१२ दिन अगाडि

 भक्तपुर स्थित भाषासेवी मास्टर जगतसुन्दर साकोस स्क्यान कार्यक्रममा आबद्ध
 भक्तपुर स्थित भाषासेवी मास्टर जगतसुन्दर साकोस स्क्यान कार्यक्रममा आबद्ध

६ दिन अगाडि

पोखरा स्थित मुनाल साकोस स्क्यान कार्यक्रममा आबद्ध 
पोखरा स्थित मुनाल साकोस स्क्यान कार्यक्रममा आबद्ध 

३ दिन अगाडि

चितवन स्थित नारायणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित नारायणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप