१६ पृष्ठमा अटाएको ओकूको वार्षिक प्रतिवेदन २०२० 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
१६ पृष्ठमा अटाएको ओकूको वार्षिक प्रतिवेदन २०२० 

एजेन्सी । विश्व ऋण परिषद् (ओकू) को वार्षिक प्रतिवेदन २०२० कुल १६ पुष्ठको रहेको छ । विश्वभरका बचत ऋण सहकारीहरुको छाता संगठनको रुपमा यसले वर्षभरि गरेका मुख्य क्रियाकलापहरुसँगै वित्तीय अवस्थालाई जम्मा १६ पृष्ठको प्रतिवेदनमा समावेश गरेको हो । ओकूको प्रमुख कार्यकारी अधिकृतको रुपमा ब्रायन बाञ्चको यो अन्तिम बार्षिक प्रतिवेदन हो । गत वर्षभन्दा १.१ मिलियन अमेरिकी डलरले खुद सम्पत्ति वृद्धि भएको ओकूको सन् २०२० को डिसेम्बर ३१ सम्म शुद्ध सम्पत्ति २.६५ मिलियन अमेरिकी डलर रहेको छ । सन् २०२० को उसको आम्दानी १२.१ मिलियन अमेरिकी डलर रहेको छ । ओकूले यूएसएआइडीबाट ९६ प्रतिशत अनुदान सहयोग प्राप्त गरेको छ बाँकी ४ प्रतिशत मात्र अन्य निकायहरुबाट ।

ओकूले कोभिड सुरुभए लगत्तै क्रेडिट युनियनहरुमा स्वास्थ्य वित्तीय असर र विश्व आर्थिक मन्दी गरी ३ प्रकारको असर पर्ने उल्लेख गर्दै यिनको सम्बोधनका लागि आफुले काम गरेको जनाएको छ । क्रेडिट युनियनहरुले आफ्ना सबै कार्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेको, अग्रभागका कर्मचारीहरु र सदस्यहरुकाका लागि मास्क र स्यानिटाइजरको प्रबन्ध गरेको, कतिले नजिकका अस्पतालहरुमा व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहयोग गर्नुका साथै आपतमा परेका सदस्यहरुलाई राहत सामाग्री वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।

ओकूले वल्डवाइड फाउन्डेसन अफ क्रेडिट युनियन र सदस्य संघ संस्थाहरुसँगको सहकार्यमा युरोप र क्यारेबियन क्षेत्रका केही क्रेडिट युनियनहरुलाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको, कोरियाली क्रेडिट युनियहरुको छाता संगठन नाकूफोकले उपलब्ध गराएको ४० हजार मास्कलाई रिप्याकेजिङ गरी ३० भन्दा बढी मुलुकका सदस्यहरुलाई सहयोग गरेको जनाइएको छ । कोभिड सुरु भएलगत्तै कोभिड १९ ग्लोबल रेस्पन्स कमिटी गठन गरी असर मुल्याङ्कन र ओकूले खेल्नुपर्ने भूमिकाहरुका बारेमा काम अघि बढाएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सदस्यहरुलाई कोभिड सम्बन्धी नियमित सूचना प्रवाहका लागि वेबसाइटमा छुट्टै ब्लग सुरु गरेको, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय वेबिनारहरु आयोजना गरी साझा मुद्दाहरुमा सामुहिक छलफल गरेको उल्लेख गरिएको छ । ओकूले यूएसएआइडीको आर्थिक सहयोगमा हालसम्म ९० भन्दा बढी मुलुकका क्रेडिट युनियनहरुलाई प्राविधिक सहयोग उपलब्ध गराइसकेको जनाएको छ भने सन् २०२० मा मात्र ११ वटा मुलुकमा विकास आयोजनाहरु लागू गराएको छ । फिलिपिन्स, युक्रेन, हेइटी, बुक्रिनो फासो, ग्वाटेमाला, केन्या, सेनेगल, लाओस मुलुकहरुमा वित्तीय समावेशीताका लागि डिजिटल सेवा विस्तार, साना तथा मझौला कृषकहरुका लागि वित्तीय पहुँचको उपलब्धता,  आधुनिकीकरण, वासस्थानको प्रबन्धका साथै कानूनी तथा नीतिगत सुधारका लागि सहजीकरण गरेको ओकूको प्रतिवेदनमा उल्लेख छ । यस्तै, सन् २०२० का लागि तय भएका सबै कार्यक्रमलाई अनलाइन तथा प्रविधिमार्फत गरेको भन्दै ओकूले यसले आफ्ना कार्यक्रमहरुमा अझ बढी सक्रिय सहभागिता भएको जनाएको छ । भ्रमण समय, शुल्कको बोझ नभएको तथा घर वा कार्यालयमै बसेर भर्चुअल कार्यक्रमहरुमा सहभागी हुन पाएको निचोड ओकूले निकालेको छ ।

ओकूले गत वर्षबाट पहिलो पटक विश्वभरका बचत ऋण सहकारीहरुले डिजिटाइजेसनको दिशामा गरेका पहलहरुको मापन कार्य सुरुवात गरेको समेत जनाएको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप