बजेट कार्यान्वयन नुहने विगतको मानक आगामी बर्षबाट परिवर्तन हुने अर्थमन्त्रीको दाबी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बजेट कार्यान्वयन नुहने विगतको मानक आगामी बर्षबाट परिवर्तन हुने अर्थमन्त्रीको दाबी

काठमाडौँ  । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउने दाबी गर्नुभएको छ । आर्थिक वर्ष ०७८।७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा हिजो उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने विश्वास समेत दिलाउनुभयो ।  सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउन सकिने भन्दै गृहमन्त्री समेत रहनुभएका पौडेलले बजेट प्रस्तुत हुने तर कार्यान्वयन नहुने भन्ने विगतका मानकमा परिवर्तन हुने बताउनुभयो ।

उहाँले भन्नभुयो, ‘कार्यान्वयन पनि हुन्छ भन्ने मानक स्थापित हुने गरी काम गर्ने प्रतिबद्ध छु।’ उनहाँले आगामी वर्षको बजेट कार्यान्वयनको अहिले तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न कर्मचारीलाई निर्देशन समेत दिनुभयो । अर्थसचिव शिशिरकुमार ढुंगानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको भन्दै आ–आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले कार्यसम्पादन सम्झौताले अनुगमन गर्न पनि सहज बनाएको धारणा व्यक्त गर्नुभयो । राजस्व सचिव रामशरण पुडासैनीले कार्यसम्पादन सम्झौताले उत्तरदायी र जिम्मेवारी बढाएको भन्दै त्यसले नतिजा बढाउन सहयोग पुगेको बताउनुभयो । अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले आगामी वर्षको बजेट कार्यान्वयनका तयारीका सन्दर्भमा विभिन्न मन्त्रालयसँग छलफल गरिएको, आवश्यक निर्देशिका निर्माण भइरहेको जानकारी दिँदै कार्यसम्पादन सम्झौताले उन्नत खालको परिणाम ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्रीसँग अर्थसचिव, राजस्वसचिव र महालेखा नियन्त्रकले कार्यसम्पादन सम्झौता गर्नुभएको थियो । यस्तै, सचिवसँग महाशाखा प्रमुख र विभागीय प्रमुखहरूले कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप