‘कोअप्स डे’ थिम २०२१ र जो बाइडेन ‘कनेक्सन’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘कोअप्स डे’  थिम २०२१ र जो बाइडेन ‘कनेक्सन’

एजेन्सी । विश्वभर जुलाई ३ अर्थात् असार १९ मा ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । यस वर्षको ‘कोअप्स डे’ को थिम ‘रिबिल्ड बेटर टुगेदर’ तय गरिएको घोषणा गत अप्रिल १४ मा गरिएको थियो । यो पटक २७ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस पनि थियो भने नेपालमा सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले २८ औं राष्ट्रिय सहकारी महासंघ दिवस सहित तीन वटै दिवस एकै दिन मनाएको हो । महासंघले यसरी ३ वटै दिवसहरु कोअप डे को दिन मनाउने प्रचलन स्थापित गरेको छ । 

यस पटक आइसीएले तय गरेको थिम अमेरिकी राष्ट्रपति जो बाइडेनको यस पटकको चुनावी अभियानको नारासँग सम्बन्धित छ । बाइडेनले सन् २०२० को राष्ट्रपति निर्वाचनका बेला कोभिड प्रभावित अमेरिकी अर्थतन्त्रलाई उकास्न बिल्ड ब्याक बेटरको नारा तय गर्नुभएको थियो । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु निर्वाचित भइसकेपछि आयोजित सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ‘अमेरिका फस्ट’ को अभियान सार्वजनिक गर्नुभएको थियो । त्यसको प्रत्युत्तर योजनाको रुपमा बाइडेनले सन् २०२० जुलाई जुलाई ९ बिहिबारका दिन आफ्नो गृह सहर नजिक आयोजित आधा घन्टा लामो चुनावी सभालाई सम्बोधन गर्दै ‘बिल्ड ब्याक बेटर’  नारा सार्वजनिक गर्नुभएको थियो । 

राष्ट्रपति बाइडेनको योजना वा नारासँग मिल्ने र सान्दर्भिक भएकाले पनि आइसिएले उक्त आशय मिल्दोजुल्दो थिम ‘रिबिल्ड बेटर टुगेदर’ थिम सार्वजनिक गरेको हो । खासगरी त्यसबेला बाइडेनले उक्त नारालाई भावी अमेरिकी आर्थिक विकासको योजनासँग जोड्नुभएको थियो भने पछि राष्ट्रपति निर्वाचित भैसकेपछि त्यसलाई निरन्रता दिदैं ७ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक पुनर्उत्थान योजना सार्वजनिक गर्नुभएको थियो । ४६ औं अमेरिकी राष्ट्रपति बाइडेनले यस वर्ष जनवरी २० मा औपचारिक सपथ ग्रहण गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप