जनसचेतन साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC धुलिखेलमा सुरु  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसचेतन साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC धुलिखेलमा सुरु  

धुलिखेल । वैतेश्वर-५ दोलखास्थित समुदायमा आधारित जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC आजबाट धुलिखेलमा सुरु भएको छ । तालिम कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो भने नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी अतिथिको रुपमा रहनुभएको थियो । उद्घाटन कार्यक्रममा नेफ्स्कून अध्यक्ष पौड्यालले जनसचेतन साकोस अभियानको उत्कृष्ट साकोसहरुमध्येको एक भएको बताउँदै यसको गरिमा ठूलो भएको उल्लेख गर्नुभयो । उहाँले जनसचेतन सहकारी सिक्ने थलो भएको बताउनुभयो भने अब सहकारीहरु प्रविधिमैत्री हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । अध्यक्ष पौड्यालले भन्नुभयो, ‘अब साकोसहरुको गन्तव्य डिजिटाइजेशन हो ।’
धेरै पछि आयोजित भौतिक कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले जनसचेतन साकोसबाट सबैलाई सहकारी सिक्ने मौका मिलेको बताउनुभयो । समुदायमा आधारित लामो इतिहास बोकेको दिगो, विश्वसनीय र गुणस्तरीय साकोसबाट सफल सहकारी सञ्चालनका बारेमा सबैले जानकारी लिने मौका पाएको उहाँले बताउनुभयो । उपाध्यक्ष अधिकारीले साकोसको निरन्तरको प्रगतिका बारेमा आफु जानकार रहेको समेत उल्लेख गर्नुभयो । बाल वचतमा पनि जनसचेतनले प्रगति गरेको उहाँले बताउनुभयो ।
साकोसका अध्यक्ष हेमन्त चौलागाईले प्रमुख अतिथि र अतिथिसँगै तालिममा सहभागीहरुलाई स्वागतसँगै हार्दिक धन्यवाद दिनुभयो । साउन ८ गतेसम्म चल्ने तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना तथा तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ ।

२०५० साल असोज २२ गते स्थापित जनसचेतन साकोस २०६५ सालमा नेफ्स्कूनले एशियाली ऋण महासंघसँगको सहकार्यमा सञ्चालन गरेको एक्सेस कार्यक्रममा आबद्ध भई २०६९ सालमा ब्रान्ड प्राप्त गर्न सफल भएको हो । संस्थाले हाल ३३ हजार ५ सय सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । मैनापोखरी मुख्य कार्यालय रहेको साकोसका १५ वटा सेवा केन्द्र छन् भने हालै मात्र कार्यक्षेत्र विस्तार गरी दोलखा, काभ्रे र काठमाडौं उपत्यकाका ३ वटै जिल्ला समेटेको छ ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप