नेफ्स्कून र जिल्ला बचत संघ कञ्चनपुर बीच कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र जिल्ला बचत संघ कञ्चनपुर बीच कार्यक्रम सम्झौता

कञ्चनपुर । बचत ऋण सहकारी अभियानको साझा सञ्जाललाई व्यवस्थित र बलियो बनाउँदै सहकारी भावको कार्यान्वयनलाई सुनिश्चित गर्न जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत आज नेफ्स्कून र कञ्चनपुर जिल्ला बचत संघ बीच साझेदारी सम्झौता भएको छ । साझेदारी कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र जिल्ला बचत संघ कञ्चनपुर का अध्यक्ष भवानी चन्दले हस्ताक्षर गर्नुभएको छ ।

संघका अध्यक्ष परितोष पौड्यालले साझेदारीमार्फत बचत तथा ऋण सहकारी सञ्चालनमा प्रभावकारिता ल्याउन, आवद्ध सदस्य संस्थाहरुलाई प्रदान गरिने तालिम शिक्षा तथा सेवाहरुमा एकरुपता ल्याउन र साकोस अभियानको पहुँच जिल्ला संघ र प्रदेश संघ मार्फत स्थानीय स्तरसम्म अभिवृद्धि गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । अभियानलाई सुदृढीकरण तथा सञ्जालको क्षमता विकास गरि सहकारी ऐन तथा नियमावली बमोजिम नेफ्स्कून र जिल्ला बचत संघको व्यवसायमा एकरुपता ल्याउन र स्थानीय जिल्ला संघहरुलाई उत्तरदायी बनाउँदै सुशासन स्थापना गर्न साझेदारी कार्यक्रम महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । 

नेफ्स्कून र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बीच २०७६ साल भाद्र १७ गते औपचारिक रुपमा साझेदारी कार्यक्रमको शुभारम्भ भएको थियो । साकोसमा स्तरीय नीति, कार्यविधि तथा प्रविधिगत एकरुपता कायम गर्दै विश्वसनियता बृद्धिका लागि सञ्जाल साझेदारी कार्यक्रमको प्रभावकारीता बढ्दो छ । 

नेफ्स्कून र जिल्ला बचत संघ बीचको व्यावसायिक साझेदारी कार्यक्रममा हालसम्म दोलखा, मोरङ, काठमाडौं, धादिङ, बागलुङ, नवलपरासी, चितवन, दाङ, बारा, सिन्धुली, मकवानपुर, सुनसरी, कास्की, सर्लाही, काभ्रे, उदयपुर, रौतहट, बाँके र रुपन्देही गरी १९ जिल्ला बचत संघ साथै बागमती, सुदुरपश्चिम र लुम्बिनी प्रदेश बचत संघ सामेल भएका छन्  भने आज कञ्चनपुर जिल्ला बचत संघसँग साझेदारीका कार्यक्रमका लागि सहमति भएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप