सहकारीबाट समृद्धितिर लाग्नुस : उपमेयर देवकोटा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीबाट समृद्धितिर लाग्नुस : उपमेयर देवकोटा

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीका उपमेयर मञ्जु देवकोटाले महिलाहरुलाई सहकारीको माध्यमबाट आयआर्जनमा जोडिदै समृद्धितर्फ लाग्न आग्रह गर्नुभएको छ । सहकार्य बचत तथा ऋण सहकारी संस्था सिन्धुलीको आयोजनामा हिजो सम्पन्न तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उपमेयर देवकोटाले सहकारीमा बचत गर्दै उत्पादन तथा आयआर्जनका काममा जोडिएर आर्थिक समृद्धितर्फ लाग्न अनुरोध गर्नुभएको थियो । उहाँले सहकारीमा महिला अधिकारका सवालमा समेत छलफल गर्न महिला सहभागीहरुलाई सुझाउँदै नेतृत्व विकास, व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने उपयुक्त थलोका रुपमा सहकारीलाई लिन समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठले महिलाहरुले घर देखि समाज र राज्यको काममा समेत सघाउँदै आएकाले आफुलाई कमजोर नसम्झी नेतृत्वमा लाग्न आग्रह गर्नुभएको थियो । उहाँले सहकारीको सदस्य बन्नु नै स्वरोजगार बन्नु रहेको बताउँदै आर्थिकसँगै सामाजिक राजनीतिक लगायतका क्षेत्रमा समेत महिलाहरु लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य रश्मिला देवकोटाले राज्यले सुनिश्चित गरेको समानुपातिक सहभागिता नै महिलाको कमजोर भएको बताउँदै अबको अभियान राजनीतिसँग महिला जोडिने र नेतृत्व लिनेतर्फ हुनुपर्नेमा जोड दिनुभएको थियो ।

पत्रकार बिमला पाण्डेले पहिचान, अर्थपूर्ण सहभागिता हिंसा रहित समाज निर्माणका अभियानमा सहकारी संस्थाहरु जोडिनुपर्नेमा जोड दिनुभएको थियो । नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य समेत रहनुभएकी पाण्डेले सामाजिक राजनीतिक, आर्थिक अभियानसँगै महिला मानवअधिकारका सवालमा निरन्तर लाग्न सबै महिलाहरुलाई आग्रह समेत गर्नुभएको थियो । ‘समानता र हिंसा रहित समाज निर्माणको अभियानमा निरन्तर लागौं । सबै महिलाको अधिकारका लागि पूर्वाग्रह विना लाग्नु आवश्यक छ ।’ उहाँले भन्नुभयो, न्युन पारिश्रमिकमा काम गर्ने महिलाहरुको सवालमा समेत आवश्यक आवाज उठाउन पछि नपरौं ।

संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य गंगा कार्की, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, सहकारीका सल्लाहकार तथा नेपाल वार एशोसियसन जिल्ला बार ईकाई सिन्धुलीका अध्यक्ष जंग बहादुर राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक धनमाया राईले स्वागत गर्नुभएको थियो भने नियमित पर्व वचत गर्ने कनपा ७ की इन्द्र कुमारी भुजेललाई कार्यक्रममा सम्मान समेत गरिएको थियो । संस्थाले पर्व बचत गर्ने महिलाहरुका लागि हरेक वर्ष तिज विशेष शुभकामना आदान प्रदान गर्दै आएको छ ।

साकोसको उक्त बचतमा १ सय ५ जना महिलाले बचत गर्दै आएका छन । सहकारीमा हाल २ हजार ४ सय सदस्य रहेका छन भने १ हजार १ सय महिला सदस्य रहेका छन । साकोसले उद्यम गर्न वा कुनै व्यवसाय सञ्चालन गर्न चाहने महिला सदस्यहरुका लागि विना धितो २ लाख ऋण प्रदान गर्दै आएको जनाएको छ । संस्थाको कुल पुँजी आठ करोड पचास लाख रहेको छ ।
स्रोतः इसाझा नेपालबाट । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप