प्रदेश नं. २ स्तरीय 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रदेश नं. २ स्तरीय 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' सम्पन्न 

महोत्तरी । नेफ्स्कूनको आयोजनामा प्रदेश नं.२ स्तरीय 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' कार्यक्रम महोत्तरीको बर्दिबासमा असोज १० गते सम्पन्न भएको छ । बचत तथा ऋण सहकारी अभियानमा संलग्न तथा सरोकारवालाहरु बीच अभियानका सामयिक सवालहरुमा साझा अवधारणा विकास गरी साझा सेवाहरुको प्रबलीकरण तथा सञ्जाल निर्माणको उद्देश्यले सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. २ की सचिव डा.नम्रता सिंह रहनुभएको थियो भने अतिथिहरुमा राष्ट्रिय सहकारी महासंघका संचालक रामबाबु यादव र  प्रदेश नं. २ का सम्पुर्ण जिल्लाका जिल्ला संघ अध्यक्ष तथा प्रतिनिधिहरु र सिन्धुली जिल्ला संघका प्रतिनिधिहरु रहनुभएको थियो । 

स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा जानकारी दिनुहुदै नेफ्स्कून संचालक समिति सदस्य तथा प्रदेश नं २ का संयोजक हरेराम प्रसादले प्रदेश नं २ को साकोस अभियानलाई थप क्रियाशील बनाई अगाडि बढाउनुपर्ने कुरामा जोड दिदै उक्त अभियान सफल पारी गुणस्तर साकोस निर्माणमा लागी पर्नको लागी आह्वान गर्नुभयो । यसका सथै सक्षम र सवल साकोस र अभियान निर्माण गर्नको लागी यस कार्यक्रमले थप सहयोग पुग्ने विशवासका साथ कार्यक्रममा सहभागी सम्पुर्णलाई उहाँले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा विषयबस्तु प्रस्तुतीकरण तथा सहजीकरण नेफ्स्कून व्यवसाय विभाग प्रमखु राधेश्याम श्रेष्ठले गर्नुभएको थियो । प्रस्तुतीकरण, समूह छलफल तथा अन्तक्रियात्मक रुपमा सञ्चालित कार्यक्रममा सञ्जालका साझा सेवा तथा सवालसम्बन्धी प्रस्तुतीकरण तथा छलफल, सञ्जालको साझा प्रविधिको बारेमा प्रस्तुतीकरण, छलफल र भिडियो प्रदर्शनी, सहभागीहरुबाट साझा सेवाको सबलीकरण सम्बन्धी सुझाब संकलनका साथै स्थिरीकरण कोष लगायतका विषयहरुमा सहभागीहरुसँग छलफल भएको थियो । उक्त प्रस्तुतिहरुबाट सहभागीहरुले नेफस्कूनका साझा सेवा तथा साकोसहरुको सबलीकरणका लागि भैरहेका बहस पैरवी तथा सवालहरुको बारे जानकारी, नेफ्स्कूनले विकास गर्न लागेको साझा प्रविधि  बारे जानकारी पाउनुका साथै स्थिरीकरण कोष तथा नेफ्स्कूनको भावी योजनाहरु, सहकारीको कानुनी वातावरण निर्माणका लागि नेफ्स्कूनले खेलेको भूमिका, नेफ्स्कूनले विकास गरेका सेवाहरुलाई प्रभावकारी बनाउनका लागि आगामी दिनमा संघ ले गर्नुपर्ने कार्यहरु, नेफ्स्कूनले विकास गर्न खोजेको साझा प्रविधिमा साकोसहरुको सहभागिता, संघका स्तरीकरणका कार्यक्रमहरुको (एक्सेस, प्रोबेसन तथा कर्वस्) प्रभावकारीता र सहभागिता बृद्धिका लागि आगामी योजनामा समाबेश गर्नुपर्ने कार्यक्रमहरु, स्थिरीकरण कोष लाई चाडै सुचारु गर्नका लागि गर्नुपर्ने कार्यहरु, संघले साकोसको साझा सवालहरु मध्ये तत्काल सम्बोधन गर्नुपर्ने विषयहरु र साकोस अभियान मजबुत बनाउन गर्नुपर्ने कार्यहरुको विषयमा सहभागीहरुबाट सल्लाह, सुझाव तथा प्रतिक्रिया संकलन गरिएको थियो । 


यसैबीच, प्रदेश नं. २ स्तरीय नेफ्स्कून साकोस म्यानेजर्स क्लब गठन भएको छ । क्लबको संयोजकमा सगुन साकोस सर्लाहीका व्यवस्थापक रविन्द्र राना, नवविकास साकोस रौतहटका व्यवस्थापक यज्ञ प्रसाद प्रसाई र बडहरी साकोस धनुषाका व्यवस्थापक निर्जला लुइटेल गरी ३ जनाको क्लव गठन गरीएको छ । उक्त क्लबको गठन नेफ्स्कून साकोस म्यानेजर्स क्लब गठन कार्यविधिको अधिनमा रही भएको हो । 

कार्यक्रममा सहभागीहरु संघ संस्थाका व्यवस्थापक तथा अध्यक्षहरुका साथै नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र जिल्ला बचत संघहरुमध्ये सिन्धुली जिल्ला बचत संघका संचालक गोकर्ण सुवेदी, रौतहट जिल्ला बचत संघका अध्यक्ष देवकी नेपाल, सप्तरी जिल्ला बचत संघका अध्यक्ष तोया पोख्रेल, महोत्तरी जिल्ला बचत संघ का अध्यक्ष कृष्ण बहादुर सिंह, सर्लाही जिल्ला बचत संघका अध्यक्ष बाबुराम घिमिरे र राष्ट्रिय सहकारी महासंघ का संचालक रामबाबु यादव लगायतले सहभागी संघ संस्थाकाहरुको लागी मार्गदर्शन र शुभकामना सहित प्रतिवद्धता तथा ऐक्यबद्धता मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले वित्तीय कारोवार गर्ने संस्थाहरुले आफ्नो कारोवारहरुलाई चुस्त दुरुस्त राख्नु पर्ने, वित्तीय सेवा सहि ढंगले प्रदान गर्नु पर्ने साथै आवश्यकता अनुसार सो कार्यक्रमहरुको अनुगमन गरी कमी कमजोरीहरुलाई सुधार गर्नुपर्ने कुरा राख्दै प्रदेश नं. २ मा सहकारी ऐन निर्माण गरी जारी गर्नको लागी गहन छलफल गरी चाडै निष्कर्षमा पुग्ने कुरा राख्दै कार्यक्रम तथा अभियानको पुर्ण सफलताको कामना गर्नुभएको थियो ।

यसैगरी कार्यक्रमलाई निश्कर्ष सहित समापन गर्ने क्रममा कार्यक्रमका अध्यक्ष तथा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले साकोसहरुले नेफ्स्कूनलाई दिएका सल्लाह तथा सुझावहरु ग्रहण गर्दै आगामी दिनमा साकोस अभियानलाई अझ बलियो बनाउन थप सहयोग पुगेको कुरा राख्नुभएको थियो । यसैगरी उक्त प्रदेश भित्र सक्रिय हुन नसकेका जिल्ला बचत संघ लाई सक्रिय बनाई अगाडी बढाउन सहयोग गर्ने कुरा समेत राख्नुभएको थियो । यसैगरी, सम्पुर्ण संघ संस्थाहरुलाई स्थिरीकरण कोषमा योगदान गरी यसलाई तत्काल सुचारु गर्नुको लागी उहाँले आह्वान गर्नुभयो । यसको साथै उक्त प्रदेशको साकोस अभियान लाई थप प्रभावकारी बनाउन आगामी दिनमा नियमित आवश्यकता अनुसारका कार्यक्रमहरु संचालन गरी अगाडी बढ्ने कुरा राख्नुहुदै महासचिव अधिकारीले कार्यक्रममा सहभागिता  जनाई सफल रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने प्रमुख अतिथि, अथिति तथा सम्पुर्ण सघ संस्थाका अध्यक्ष, व्यवस्थापक लगायत सम्पुर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थिायो । 

भर्खरै
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६० मिनेट अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६० मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप