सहकारीमा 'सन्दर्भ ब्याजदर' को दीर्घकालीन समाधान खोजिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा 'सन्दर्भ ब्याजदर' को दीर्घकालीन समाधान खोजिने

काठमाडौं । सहकारीमा 'सन्दर्भ ब्याजदर' को विषयमा स्थायी समाधान खोजिने भएको छ । त्यसका लागि सहकारी विभागका उप रजिष्ट्रारको संयोजकत्वमा नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको प्रतिनिधित्वसहित राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी कार्यदल बनाउने सहमति भएको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिका सदस्य एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी गराउनुभयो । समितिको आज बिहान बसेको बैठकमा बजार बिश्लेषणलाई प्रमुख आधार मानेर 'सन्दर्भ ब्याजदर' को दीर्घकालीन समाधान निकाल्ने विषयमा सहमति भएको उहाँले बताउनुभयो ।

‘समितिको पुस २१ गते बस्ने बैठकमा सम्भवतः सन्दर्भ ब्याजदरको विषयमा अल्पकालीन पुनरावलोकन हुने छ,’ अध्यक्ष पौड्यालले भन्नुभयो, ‘यसबीच थप गृहकार्य र अनौपचारिक छलफल हुनेछ । रजिष्ट्रारले पनि लाइन मिनिष्ट्रीसँग थप छलफल गर्ने भन्नुभएको छ । सँगै दीर्घकालीन समाधानको लागि काम सुरु गर्ने सहमति भएको छ ।’

सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट रेट) निर्धारण तथा सिफारिस समितिको आज बिहान बसेको बैठक पुनः पुस २१ गते बस्ने गरी टुंगिएको हो । थप बजार बिश्लेषणपछि मात्र ब्याजदर पुनरावलोकन गर्ने विषय बैठकको निष्कर्ष थियो । सहकारी अभियानले समिति समक्ष ब्याजदर १७ प्रतिशत पुर्याउन प्रस्ताव गरेको छ । गत वर्ष ब्याजदर निर्धारण समितिले सहकारी संस्थाहरूको कर्जामा ब्याजदरको सीमा १४.७५ प्रतिशत निर्धारण गरेको थियो । त्यसअघि १६ प्रतिशत तय गरेको थियो ।  बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभावसँगै ब्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर पुनरावलोकनको माग चुलिएको हो । आजको बैठकबाट सहकारी अभियानको उक्त माग सम्बोधनको अपेक्षा गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप