सहकारी विभागका रजिष्ट्रार तथा उप-रजिष्ट्रारद्वयलाई नेफ्स्कूनमा स्वागत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी विभागका रजिष्ट्रार तथा उप-रजिष्ट्रारद्वयलाई नेफ्स्कूनमा स्वागत

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार एवम् उप-रजिष्ट्रारद्वयलाई आज नेफ्स्कूनमा स्वागत गरिएको छ । विभागका रजिष्ट्रार झलकराम अधिकारी र उप-रजिष्ट्रार द्वय टोलराज उपाध्याय र खिमानन्द आचार्यलाई आज साँझ नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा स्वागत गरिएको हो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, लेखा सुपरिवेक्षण समिति सदस्य शुभद्रादेवी महतो, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा रजिष्ट्रार अधिकारीले आकस्मिक रुपमै भएपनि नेफ्स्कून केन्द्रीय कार्यालय भ्रमण गर्ने अवसर जुरेको भन्दै न्यानो स्वागतका लागि धन्यवाद व्यक्त गर्नुभयो । सहकारी अभियानलाई नीति, विधि र प्रविधि अनुरुप अगाडि बढाउनुपर्ने बताउँदै रजिष्ट्रार अधिकारीले अब पेपरेलेस, क्यासलेस, ह्युमनलेस, ब्राञ्चलेसतर्फको यात्रामा जानुपर्नेमा जोड दिनुभयो । सूचना प्रविधिको क्षेत्रमा सहकारीलाई कसरी उन्नत बनाउन सकिन्छ भन्नेमा विभाग पनि काम गरिरहेको धारणा उहाँले राख्नुभयो । रजिष्ट्रार अधिकारीले नेफ्स्कूनबाट पनि डिजिटाइजेसनका सन्दर्भमा भैरहेका पछिल्ला कामहरु बारे जानकारी पाएको भन्दै त्यसको सफलताको पनि कामना गर्नुभयो । सहकारीलाई प्रविधिमैत्री बनाउने सन्दर्भमा नेफ्स्कूनले गर्ने राम्रा प्रयासहरुमा विभागको साथ र समर्थन रहने विश्वास पनि दिलाउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले रजिष्ट्रार र उप-रजिष्ट्रारहरुलाई आकस्मिक रुपमा भएपनि नेफ्स्कूनमा स्वागत गर्न पाउँदा खुसी मिलेको बताउनुभयो । उहाँले नीति, विधि, र प्रविधिमा जोड दिदैं आएको नेफ्स्कूनले सूचना प्रविधिको क्षेत्रमा अग्रगामी उपलब्धि हासिल गर्ने समेत दाबी गर्नुभयो । अध्यक्ष पौड्यालले डिजिटाइजेसनको क्षेत्रमा नियमनकारी निकाय विभागको नेतृत्वमा ‘साइड भेन’ को रुपमा अभियानको नेतृत्व नेफ्स्कूनले गर्नेमा आश्वस्त तुल्याउनुभयो । अबको सहकारी अभियानको जोड सूचना प्रविधिमा आमूल परिवर्तन नै भएको उहाँको भनाई थियो । सहकारी अभियानलाई जीवन्त, मर्यादित र व्यवस्थित गराउन विभागसँगको सहकार्यलाई सधै उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसअर्थमा रजिष्ट्रार र उपरजिष्ट्रारहरुको आजको संक्षिप्त भ्रमण अत्यन्तै महत्वपूर्ण भएको दाबी गर्नुभयो । डिजिटलाइजेसनको नयाँ युगमा अब सहकारी अभियान प्रवेश गर्नुपर्ने भन्दै अध्यक्ष पौड्यालले सफ्टवेयर विथ् सर्भिसको अभियानमा नेफ्स्कून लागिपरेको बताउनुभयो ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता ढकालले रजिष्ट्रार र उप-रजिष्ट्रारहरु संघको केन्द्रीय कार्यालय भ्रमणमा आउनुएकोमा हार्दिक धन्यवाद दिदैं उहाँहरुलाई स्वागत गर्न पाएकोमा प्रसन्नता समेत व्यक्त गर्नुभयो । उहाँले सहकारीमा उन्नत प्रविधिको विकासमार्फत समृद्धिको अभियानमा नेफ्स्कून लागेको दाबी गर्दै संघको अभियानमा नियमनकारी निकायको साथ र सहयोगको अपेक्षा र विश्वास गरेको बताउनुभयो । बरिष्ठ उपाध्यक्ष ढकालले सूचना प्रविधिको क्षेत्रमा सुलभ, सरल र सुपथ सेवा सदस्यहरुलाई उपलब्ध गराउने विषयलाई नेफ्स्कूनले उच्च प्राथमिकता दिएर काम अघि बढाएको संकेत गर्नुभयो । सहकारी अभियान भित्र नयाँ उर्जा र उचाई थप्ने गरी नेफ्स्कूनले डिजिटाइजेसनको क्षेत्रमा काम अघि बढाएको र त्यसमा नियमनकारी निकायको पनि साथ रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले रजिष्ट्रार र उप-रजिष्ट्रारहरुलाई कार्यालयमा स्वागतको संयोग जुरेको भन्दै आतिथ्यताका लागि कृतज्ञता व्यक्त गर्नुभयो । विभाग र नेफ्स्कूनको सहकार्यमा अभियानलाई सुशासित, मर्यादित र प्रविधियुक्त बनाउने विषयमा धेरै कामहरु गर्न सकिने र भन्दै उहाँले त्यस दिशामा धेरै सफलता मिलेको पनि जानकारी गराउनुभयो । उक्त अवसरमा रारा डिजिटल ल्याब प्रा.लि तथा नियासिस टेक्नोलोजी प्रा.लिका अध्यक्ष, सञ्चालक तथा व्यवस्थापक लगायतको पनि सहभागिता थियो ।

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१९ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२२ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप