'साकोसको गुणस्तर मापनको आधार सदस्य सन्तुष्टि'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'साकोसको गुणस्तर मापनको आधार सदस्य सन्तुष्टि'

ललितपुर । कर्ब्स ललितपुर पहिलो समूहको नवौ कार्यकुशलता तथा सिकाइ ब्यवस्थापन कार्यशाला शिक्षक हित साकोसको आयोजनामा आज जावलाखेलमा सम्पन्न  भएको छ । नेफ्स्कनका महासचिव दामोदर अधिकारी प्रमुख अतिथि तथा कोषाध्यक्ष दिपक पनेरु बिशेष अतिथि रहनुभएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष शुक्र थापाले गर्नुभएको थियो । प्रमुख अतिथि नेफ्स्कून महासचिव अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै ललितपुरको कर्ब्स पहिलो समुहका संस्थाहरुले महामारीबिच पनि संस्थाका सेवा र कार्यक्रमहरुलाई निरन्तरता दिएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले साकोसहरुको जोखिम सुपरिवेक्षण गर्ने कर्ब्स कार्यक्रमका सुचक पूरा गर्न नीति, विधि र प्रबिधिमा काम गर्नुपर्ने तथा संस्थाको गुणस्तरको मापन सदस्यको संतुष्टीमा हुने बताउनु भयो । नेफ्स्कून महासचिव अधिकारीले साकोसहरु PEARLS, Planning and Policy मा चल्नुपर्ने र तथा 3T ( Transparency, Trust and Team Work) कायम गरेर संस्था सन्चालन गरे मात्र दिगो तथा सुरक्षित हुने र यस्को लागि नेफ्स्कूनले टूल्सहरु उपलब्ध गराएको बताउनुभयो ।

विशेष अतिथि नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले संस्था को जोखिम सुपरिबेक्षण गर्ने कर्ब्स कार्यक्रमले स्वनियमनमा बस्न, स्वमुल्यान्कन गर्न सहयोग पुर्याउने बताउदै कार्यक्रममा सक्रिय सहभागिताको लागि सबैलाई अनुरोध गर्नुभयो । नेफ्स्कून साकोसहरुकै छाता संगठन भएकाले जिज्ञासा, सुझाब, सल्लाह अथवा सुधारका विषयमा पनि खुलेर धारणा राख्न समेत उहाँले अनुरोध गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गिरि प्रसाद तिमल्सिनाले राख्नुभएको थियो । अध्यक्ष शुक्र थापाले कार्यक्रम मा आवद्ध भएपछि संस्था ले वित्तीय, नितिगत तथा सुशासनका क्षेत्रमा उल्लेख्य सुधार ल्याएको बताउदै आगामी बर्ष सम्म न्यून जोखिमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीको पनि सहभागिता थियो । कार्यक्रममा ब्र्म्ह्पुरी साकोस, नवदुर्गा साकोस, अस्ट्मातृका साकोस, दिपावती साकोस, समता साकोस, पुष्पाञ्जली साकोस, जागरुक महिला साकोस, शाक्यपुच र शिक्षक हित साकोसको सहभागिता थियो । दशौ कार्यशाला ब्रह्मपुरी साकोसको आयोजनामा जेठ १३ गते गर्ने निर्णय समेत आज गरिएको थियो । 

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१९ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

पाठकबाट थप