धादिङ जिल्ला बचत संघको नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङ जिल्ला बचत संघको नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना

काठमाडौं । नेफ्स्कूनद्वारा धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को नवनिर्वाचित सञ्चालक समिति तथा लेखा समितिलाई आज औपचारिक कार्यक्रम गरी बधाइ तथा शुभकामना प्रदान गरिएको छ । सँगै जिल्लाका साकोसहरुसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल प्रमुख अतिथि तथा बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल विशेष अतिथि रहनुभएको कार्यक्रम नेफ्स्कूनका सञ्चालक तथा संघको धादिङ फिड कार्यालय व्यवस्थाप उपसमिति संयोजक जनक खत्रीको अध्यक्षतामा आयोजना गरिएको थियो । 

कार्यक्रममा जिल्ला संघ धादिङका सञ्चालक समिति, लेखा समिति, संघका प्रमुख व्यवस्थापक, साकोसका प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापकहरु गरी २७ जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष पौड्यालले २०२५ सम्ममा विश्व क्यास लेस, चेक लेस, पेपर लेसको अवस्थामा पुग्ने बताउँदै नेफ्स्कून पनि पनि त्यही अभियानमा लागेको बताउनुभयो । नेफ्स्कूनले कोर बैंकिङ प्रणाली भन्दा उत्कृष्ट इआरपीका लागि काम अघि बढाएको उहाँले जानकारी गराउनुभयो । अध्यक्ष पौड्यालले साकोस अभियानको डिजिटाइजेसनको कुरा नेफ्स्कूनको प्रथमिकतामा रहेको कु्रा बताउनुभयो । वित्त प्रणाली निर्माण, सामाजिक पूँजी निर्माण साथै साकोसलाई एक द्धार प्रणालीमा ल्याउने कार्यमा क्रियाशील रहेको, प्रविधिमा एकरुपता नीतिमा एकरुपता, कानुनी स्वायत्तता, कार्यसञ्चालनमा एकरुपता लगायत वित्तिय सक्षमता, कर्मचारीको सन्तुष्टि, प्रतिस्पर्धाको अवस्थको अपेक्षा बाट संस्थालाई उत्कृष्ट सेवा दिनु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले जिल्ला संघका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रत्यक्ष साक्षात्कार गरी खुसी साटासाट गर्न आएको बताउनुभयो । नेफ्स्कून र जिल्ला वचत संघ साझेदारी कार्यक्रममार्फत सम्पूर्ण धादिङभरका साकोसहरुलाई स्तरीकरण कार्यक्रमकमा आबद्ध गराई सबैलाई सक्षम वित्तीय संंस्थाको रुपमा स्थापित गराउन नेफ्स्कूनले काम गर्ने प्रतिबद्धता संघका प्रबक्ता समेत रहनुभएका ढकालले व्यक्त गर्नुभयो । बरिष्ठ उपाध्यक्ष ढकालले प्रारम्भिक संस्थाहरुले पनि जिल्ला संघ र नेफ्स्कून प्रति पूर्ण विश्वासका साथ जिम्मेवार भई  कारोबारलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । धादिङमा नेफ्स्कूनको सेवा व्यवसायमा जोडिन र लाभ लिन पनि उहाँले सहभागीहरुलाई आग्रह गर्नुभयो । त्यसका लागि जिल्ला संघ साझेदारी कार्यक्रम मार्फत उत्साहपूर्ण ढंगबाट अघि बढ्नुपर्नेमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालको बिशेष जोड थियो । 

कार्यक्रममा धादिङ जिल्ला बचत संघका नवनिर्वाचित अध्यक्ष नवराज शर्माले धादिङ सहकारी अभियानको उर्वर भूमि भएको बताउँदै अभियानका अगुवाहरु विभिन्न विषयगत संघमा नेतृत्वमा रहनुभएको बताउनुभयो । जिल्लाका साकोसहरु साना पुँजीका रहेको भन्दै उहाँले अभियानमा सिक्ने सिकाउने कार्यमा निरन्तर रहिरहने, अभियान संचालननका लागि क्रियाशील रहने र व्यावसायिक गुणस्तरता कायम गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण गर्न आवश्यक रहेको बताउँदै नवनिर्वाचित अध्यक्ष शर्माले साकोस अभियानमा सबै संस्थाको क्षमता विकास गर्दे आर्थिक समृद्धि गर्नका लागि साझेदारी कार्यक्रम मार्फत अघि बढ्नुपर्ने बताउनुभयो । 

कार्यक्रम समापन नेफ्स्कून धादिङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक तथा कार्यक्रमका अध्यक्ष जनक खत्रीले गर्नुभएको थियो भने सञ्चालन संघका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१९ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

पाठकबाट थप