काठमाडौं । काभ्रेको बनेपाका दुई बचत तथा ऋण सहकारी संस्थाले आज स्थिरीकरण कोषमा योगदान रकम जम्मा गरेका छन् । बनेपाको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपाकै मनकामना बचत तथा ऋण सहकारी संस्थाले कोषका लागि छुट्याएको रकम जम्मा गरेका हुन् ।
एसियाली स्तरको प्रमाणीकृत कार्यक्रममा सहभागी दुवै साकोसले साकोस सुरक्षा कवचको रुपमा सञ्चालनको संघारमा रहेको कोषमा योगदान गरेका हुन् । बुडोल सामुदायिक साकोसमा आज दिउसो आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका अध्यक्ष कैलाश के.सी.लगायत पदाधिकारी, सञ्चालक समिति र नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र बरिष्ठ अधिकृत नविनराज दाहालको समुपस्थितिमा कोषमा योगदानरकम जम्मा गर्ने काम सम्पन्न भएको साकोसका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी गराउनुभयो ।
त्यसैगरी आजै बनेपाको मनकामना साकोसमा आयोजित एक कार्यक्रमका बीच साकोसका अध्यक्ष बालकृष्ण दाहाल, प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल र नेफ्स्कूनप्रतिनिधिको रोहबरमा कोषमा योगदान रकम जम्मा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले जानकारी गराउनुभयो ।
सहकारी ऐन २०७४ को दफा १०३ मा बचत तथा ऋण विषयगत संघको सञ्चालनमा सम्भावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरु मिली एक स्थिरीकरण कोष खडा गर्न सक्ने व्यवस्था उल्लेख छ भने नियमावली २०७५ अनुसार कोष सुरु गर्न न्यूनतम १० करोड रुपैंया पुग्नुपर्ने प्रावधान पुरा नभएका कारण लम्बिएको कोष सञ्चालन प्रक्रिया अब छिट्टै सञ्चालनको तयारीमा छ ।
बचत तथा ऋण सहकारी संस्थाको स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६, कार्यान्वयमा छ, सोही कार्यविधि को दफा ४४ बमोजिम संघले दुई बर्ष लागातार बार्षिक परामर्श बैठकको समेत आयोजना गरिसकेको छ । सोही अनुसार २०७६ माघ २७ गते काठमाडौंमा सम्पन्न प्रारम्भिक भेला (राष्ट्रिय गोष्ठी) मा सहभागी २ सय ९२ संघ संस्थाहरुले कोषमा सहभागिता जनाउने प्रतिबद्धता जाहेर गरेका थिए । सोही अनुरुप कोषमा हालसम्म १९३ साकोसबाट जम्मा रु. ७ करोड योगदानबापत संकलन भएको छ । बाँकी रकम नेफ्स्कूनले पेस्की स्वरुप व्यवस्थापन गर्ने र बैशाखको पहिलो साताबाट कोष सञ्चालनमा आउने जनाएको छ ।
सहकारी नियमावलीको नियम ७४ (२०) क अनुसार कोष सञ्चालन समितिको अध्यक्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अध्यक्ष तथा (ञ) अनुसार सदस्य सचिव नेफ्स्कूनका कार्यकारी प्रमुख समितिको सदस्य सचिव रहने व्यवस्था छ ।
९ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
७ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१५ दिन अगाडि
२६ दिन अगाडि
१८ दिन अगाडि
१८ दिन अगाडि
१६ दिन अगाडि
१८ दिन अगाडि
३१ दिन अगाडि
२४ दिन अगाडि