सिन्धुलीका साकोसहरुबीच असल सिकाई आदानप्रदान  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीका साकोसहरुबीच असल सिकाई आदानप्रदान  

सिन्धुली । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था लि. रामटारको आयोजनामा सिन्धुलीको सुनकोसी गाउँपालिकामा साकोसहरुका लागि कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला हिजो सम्पन्न भएको छ । 

नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सिन्धुली बचत संघ र नेफ्स्कूनको  प्राविधिक सहजीकरणमा कार्यशाला सञ्चालन भएको हो । साकोसहरुबीचको असल सिकाई आदानप्रदान गर्ने तथा सहकारीकर्मीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यशालामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) सुनकोसी क्लष्टरका ७ बचत तथा ऋण सहकारी संस्थाबाट ३० जनाको उपस्थिति रहेको थियो ।  

सृष्टि महिला साकोसकी उपाध्यक्ष गोमा प्याकुरेलको अध्यक्षता र  सुनकोसी गाउँपालिकी अध्यक्ष दीपा बोहरा दाहालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यशालाको सञ्चालन साकोसका सचिव सपना बस्नेत र स्वागत सहसचिव उमा कोइरालाले गर्नुभएको थियो ।

प्रमुख अतिथि दीपा बोहरा दाहालले सहकारी संस्था आफ्ना सदस्यहरुको आर्थिक सशक्तिकरण र जीवनस्तर सुधारको तहमा निरन्तर क्रियाशिल हुनुपर्नेमा जोड दिनुभएको थियो । सहकारी क्षेत्रको विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा सिन्धुली बचत संघका कोषाध्यक्ष कृष्ण हरि कोइराला, संघका शिक्षा उपसमिति सदस्य तथा जनकल्याण साकोसका अध्यक्ष चक्रबहादुर श्रेष्ठ,  सुनकोसी गाउँपालिकाका सामाजिक शखा प्रमुख कपिल अधिकारी, महिला तथा बालबालिका शाखा प्रमुख गायित्री दाहाल, सिन्धुली बचत संघका कार्यक्रम अधिकृत शारदा पहाडी लगायतको उपस्थिति रहेको थियो ।

सहभागी साकोस प्रतिनिधिहरुले आ आफ्नो संस्थागत प्रगति र सफल अभ्यासहरु प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यशाला सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत श्यामाराजा तिमल्सिनाले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप