बीरेन्द्रनगर साकोसले मनायो २१औं स्थापना दिवस, सदस्य र कर्मचारीसहति १८८ जना सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बीरेन्द्रनगर साकोसले मनायो २१औं स्थापना दिवस, सदस्य र कर्मचारीसहति १८८ जना सम्मानित

सुर्खेत । बीरेन्द्रनगर नगरपालिका–६ मा अवस्थित बीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि.सुर्खेतले २१ औं स्थापना दिवस विविध कार्यक्रम सहित मनाएको छ ।
  
साकोसका अध्यक्ष बम बहादुर बी.सी.को अध्यक्षतामा सुरु कार्यक्रममा  भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालय कर्णाली प्रदेश सुर्खेतका रजिष्ट्रार खुम प्रसाद सुवेदीको प्रमुख आतिथ्यता र साकोसका प्रमुख सल्लाहकार बिष्णु बहादुर खड्काको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा कर्णाली प्रदेश, भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार खुम प्रसाद सुवेदीले सहकारी माफर्त समाज रुपान्तरण गर्न सम्भव रहेको विचार व्यक्त गर्दै सहकारी संस्था सञ्चालनमा जसले नीति, विधि र प्रविधिलाई आत्मसाथ गर्छ, जसले सदस्य केन्द्रीत क्रियाकलापमा ध्यान दिन्छ, सोही संस्था सबल सक्षम र दिगो रहने बताउनुभयो । उहाँले साकोसको २१औं स्थापना दिवस र आगामी यात्राका लागि थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

कर्णाली प्रदेशको सुर्खेत जिल्ला भरी कार्यक्षेत्र बनाई सहकारी अभियानमा जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा रहेको बीरेन्द्रनगर साकोसले स्थापना दिवसका अवसरमा विभिन्न १६ विधामा सेयर सदस्य, कर्मचारी र सञ्चालक गरी १ सय ८८ जनालाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो । 

कार्यक्रममा यस चालु आर्थिक बर्षमा संस्थाले गरेका महत्वपूर्ण उपलब्धी तथा क्रियाकलापहरुको बारेमा साकोसका प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर थापा र कार्यालय व्यवस्थापक यामलाल खत्रीले जानकारी गराउनुभएको थियो । 

जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा सम्पन्न कार्यक्रममा साकोसका सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा सुपरिवक्ष्ोण समितिका संयोजक तथा सदस्यहरु, संस्थाका प्रमुख सल्लाहकार तथा अन्य सल्लाकारहरु, विभिन्न उपसमितिका सदस्यहरु, विभिन्न विद्यामा सम्मानित तथा पुरस्कृत शेयर सदस्यहरु, बाल बचत कर्ताहरु लगायत २ सय २५ जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रमको समापन गर्दै साकोसका अध्यक्ष बी.सी.ले साकोसलाई अगामी दिनमा अझै सबल, सुदृढ र विश्वसनीय बनाएर अगाडि बढ्न सबैको साथ सहयोग र रचनात्मक सुझाव सल्लाहको अपेक्षा रहेको बताउनुभयो । उहाँले स्थापना दिवसका अवसरमा पुरस्कृत तथा सम्मानित हुनहुने सम्पूर्णलाई हार्दिक बधाई एवम शुभकामना प्रदान गर्नुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप