‘सुशासनमा चलेका सहकारीहरुमा कुनै समस्या छैन’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सुशासनमा चलेका सहकारीहरुमा कुनै समस्या छैन’

ललितपुर । ठेचो महिला जागरण बचत तथा अण सहकारी संस्था लि. ललितपुर ठेचोको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) अन्तरगत १८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थपन कार्यशाला सम्पन्न भएको छ । 

ठेचो महिला जागरण साकोसका अध्यक्ष लक्ष्मीतारा डङगोलको अध्यक्षतामा शुरु कार्यक्रमको प्रमुख अतिथिमा नेफ्स्कून अध्यक्ष परितोष पौड्याल रहनुभएको थियो ।

नेफ्स्कूनका अध्यक्ष पौड्यालले हाल केही सहकारीहरुमा समस्या देखिएतापनि समुदायमा आधारित  सदस्य केन्द्रीत सहकारीहरु जुन  सुशानमा चलेका छन्, तिनमा कुनै समस्या नरहेको बताउनुभयो । स्तरीकण कार्यक्रम अन्तर्गत रहेर सहकारी सञ्चालनमा तोकिएका निश्चित मूल्य, मान्यता र सूचकहरुको पालना गरेका सहकारीहरु स्वस्थ र सबल छन् । उहाँले भन्नुभयो, “यदि विद्यमान तरलता समस्याले साकोसमा पनि प्रभाव पार्न सक्ने हुँदा उच्च तरलता व्यवस्थापनलाई ध्यानमा राखी सञ्चालक समिति र व्यवस्थापन चनाखो बन्नुपर्ने आवश्यकता छ ।”

गुणस्तर सुनिश्चितता कार्यक्रममा असल अभ्यास र प्रविधिहरुको आदान प्रदान हुने भएकोले यसले साकोसहरुको विकासमा सहयोग पुगेको अध्यक्ष पौड्यालले बताउनुभयो । साथै कर्जा सूचना केन्द्र र कर्जा असुली न्याधिकरण सञ्चालनको लागि पहल भईरहेको जानकारी गराउँदै बजार दर अनुसार सन्दर्भ व्याजदरसमेत परिर्वतन हुनेकुरामा विश्वस्त रहन समेत उहाँले आग्रह गर्नुभयो । 

आर्थिक विकास मित्र साकोस, (पाँचखाल काभ्रे), सक्रिय महिला सकोस, (फाखेल मकवानपुर), थानकोट महिला जागरण, (थानकोट काठमाडौं), हिमनदी साकोस, (च्यासल ललितपुर), हाम्रो एकिकृत साकोस, (स्वयंभु काठमाडौं), नवदुर्गा साकोस, (पनौति काभ्रे), भाषासेवी माष्टर जगतसुन्दर साकोस, (भक्तपुर), विश्वास साकोस, (भक्तपुर), ज्ञानज्योति महिला उत्थान, (शंखमुल काठमाडौं) र ठेचो महिला जागरण, (ठेचो ललितपुर) का सञ्चालक समिति र  व्यवस्थापन गरी जम्मा ४० जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले हाल देशको अर्थतन्त्रको अवस्था र यसमा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिहरुको बारेमा जानकारी गराउँदै साकोसहरुले यस अवस्थाको सामना गर्नका लागि चाल्नुपर्ने कदमहरुको विषयमा चर्चा गर्नुभएको थियो भने हरेक साकोसहरुले आफ्नो प्रस्तुतिकरण गर्दै एक अर्कोका असल अभ्यास र अनुभवहरुको साटासाट गर्नुभएको थियो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप