चितवनका साकोसहरुबीच असल सिकाइ आदानप्रदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनका साकोसहरुबीच असल सिकाइ आदानप्रदान 

चितवन । मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी दोस्रो समुह चितवनको आठौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध चितवन जिल्लाका १० वटा साकोसका प्रोबेसन कार्यदलका संयोजक÷सदस्य र व्यवस्थापकका साथै संस्थाको सहायक स्तरको कर्मचारी र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ४९ जना को उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक साकोसका अध्यक्ष बाबुराम परियारकोको अध्यक्षता, नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता, नेफ्स्कून सञ्चालक सदस्य तथा चितवन फिल्ड कार्यलय व्यवस्थापन उप समिति संयोजक विद्या कोईराला र चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीको विशेष उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख बक्ता नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले सहकारी विभागद्वारा जारी ३५ बुँदे निर्देशनको अक्षरशः पालना गरी संस्था सञ्चालनमा सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभएको थियो । सहकारी सञ्चालनमा देखिएका कमजोरीले दिनहुँ कहिँ कतै सहकारीका नकारात्मक समाचार आइरहँदा त्यसबाट हतोत्साही नभई तरलता व्यवस्थापनमा सजग भई संस्थागत कार्यसञ्चालनलाई प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव दिनुभएको थियो । 

कार्यशालामा प्रत्येक साकोसबाट सहायक स्तरका कर्मचारीद्वारा संस्थागत प्रस्तुती गरिएको थियो ।  कार्यक्रममा उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा अथर्व साकोसको ऋण सहायक ठाकुर प्रसाद दवाडी लाई पुरस्कृत गरिएको थियो ।  

कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सुरज चालिसेले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत संस्थाका  उपाध्यक्ष रामशरण पण्डित र कार्यक्रम सञ्चालन सचिव योगराज मिश्रले गर्नु भएको थियो । कार्यक्रममा चितवन फिल्ड कार्यालयका इन्चार्ज रिषभराज रेग्मी पनि उपस्थित हुनुहुन्थ्यो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप