विकूको ‘विपद् व्यवस्थापन गृह’– एक भौतिक सुरक्षा संयन्त्र
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकूको ‘विपद् व्यवस्थापन गृह’– एक भौतिक सुरक्षा संयन्त्र

नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्था लि. ले कार्यालय परिसरमा विपद् व्यवस्थापन गृह सञ्चालनमा ल्याएको छ । कुनै पनि बेला आईपर्नसक्ने प्राकृतिक तथा मानव सिर्जित विपद्का बेला तत्काल मानवीय सहयोग गर्न सकियोस् भन्ने  उद्देश्यले गृह सञ्चालनमा ल्याइएको साकोसले जनाएको छ । श्रावण १९ गते बिहीबारबाट सञ्चालनमा आएको गृहको उद्घाटन साकोसका अध्यक्ष ओमप्रसाद सापकोटाले गर्नुभएको थियो । 

एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चिताको कार्यक्रम एक्सेसमा आबद्ध भई लामो समयदेखि वित्तीय सुरक्षाका सूचकहरुको असल अभ्यासमा रहँदै आएको विकू साकोसले अब वित्तीय सुरक्षा मात्र नभएर संस्था र समुदायमा पर्न सक्ने विपद् र जोखिम न्यूनीकरणको कार्यमा समेत अग्रसर देखिएको छ ।

सहकारी संस्था, कर्मचारी र समुदायको भौतिक सुरक्षाका लागि विपद् व्यवस्थापन गृह अव अनिवार्य भएको छ । 

सहकारी संस्थामा विपद् व्यवस्थापन गृहको आवश्यकताको सन्दर्भमा विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल भन्नुहुन्छ, “प्राकृतिक तथा मानव सिर्जित विपद् हामीमाझ जुनसुकै बेला पनि आइपर्न सक्छ । आकस्मिक विपद्को समयमा सुरक्षित रहन विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । त्यसको पूर्व तयारी स्वरुप हामीले कार्यालय परिसरमा विपद् व्यवस्थापन गृहको स्थापना गरेका छौं । श्रावण १९ गते अध्यक्षज्यूबाट यसको उद्घाटन भएर सञ्चालनमा आएको छ ।” 

विपद् व्यवस्थापन गृहमा आकस्मिक दुर्घटना, आगालागी जस्ता भवितव्यबाट प्राथमिक सुरक्षा सावधानी अपनाउन प्रयोग गर्न सकिने औजार तथा उपकरणहरु राखिएको छ । उहाँले भन्नुभयो, विपद्पको समयमा विपद् गृहमा भएका सामग्रीको सहायताले प्राथमिक चरणको उद्धारका कामहरु गर्न सकिन्छ । गृहमा फायर सेफ्टी, बाल्टी, गैंची, बेल्चा, पञ्जा, डोरी लगायतका विपद् उद्धारमा आवश्यक सामग्रीहरु छन् । 

कार्यालय र कार्यालयमा कार्यरत जनशक्तिको सुरक्षाका लागि विपद् व्यवस्थापन गृहको आवश्यकता अपरिहार्य छ । एउटा संगठित संस्थाको समुदायप्रतिको उत्तरदायित्व पनि त्यतिकै महत्वपूर्ण हुन्छ, यसमा सहकारी संस्था झनै प्रत्यक्ष समुदायसँग निकट रहेर काम गर्ने संस्था हो । 

विदेशतिर धेरै संस्थाहरु यसको प्रयोगमा अभ्यस्त देखिन्छन् । तर नेपालमा भने कहि कतै केही भवितव्य परेमा सरकारको सहयोग पर्खनुपर्ने बाध्यता छ । यसलाई चिर्न घर, कार्यालय र संघ संस्थाहरुमा यसको व्यवस्थापन गर्न सकियो भने दुर्घटनाबाट सुरक्षित रहनसक्छौं । नेपालमा बैंक वित्तीय क्षेत्रमा यसको प्रयोग भएको पाइँदैन, विकू साकोसले पहिलोपटक यसको सुरुवात गरेको छ । यसको मुख्य उद्देश्य भनेकै विपद् मा प्राथमिक तहको सुरक्षा व्यवस्थापनका लागि तयार रहनु नै हो । 

विपद् व्यवस्थापन गृह सञ्चालनका लागि साकोसले सुरक्षा गार्डको रुपमा कार्यरत कर्मचारी र अन्य कर्मचारीहरुलाई पनि विपद्का बेला प्रयोगमा आउने औजार तथा उपकरण प्रयोग सम्बन्धी अभिमुखीकरण गराएको छ । 

कर्मचारीहरुलाई गृृहमा के के सामग्री छन् ? कस्तो वेलामा कुन कुन सामग्री  प्रयोगमा आउन सक्छ ? ईत्यादि कुराहरुको बारेमा पनि जानकारी गराईएको छ ।

त्यसको उचित व्यवस्थापन, संरक्षण र सञ्चालनका लागि प्रशासनमा कार्यरत कर्मचारी र विशेष गरी सुरक्षा गार्डमा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी तोकिएको छ । 

सहकारी क्षेत्र समुदायसँग जोडिएको क्षेत्र हो । सहकारी संस्था र कार्यरत कर्मचारीको सुरक्षा मात्र नभएर सदस्य र समुदायको सुरक्षा पनि सहकारीको सामाजिक उत्तरदायित्वभित्र पर्दछ । सहकारी संस्थाले जे जस्तो तहमा सकिन्छ, भौतिक पक्षको पनि सुरक्षात्मक उपायहरुमा क्रियाशिल रहनुपर्छ ।

२०५० साल जेठ ५ गते सहकारी विभागमा दर्ता भएको साकोस २०४८ साल भदौं १० गतेदेखिनै नेफ्स्कूनको सदस्य संस्थाको रुपमा रहेको छ । २०५० साल श्रावण ३२ गते गठित बचत समूह राष्ट्रिय संघ  विभागमा दर्ता हुने क्रममा साकोस संघको सदस्य संस्थाको रुपमा रहेको थियो । 

३१ बर्ष अगाडि स्थापना भएको विकू साकोसले यतिबेला आफ्नो ३२औं बार्षिकोत्वम कार्यक्रम मनाइरहेको छ । एक लाखभन्दा बढी सदस्य आबद्ध रहेको विकूले चितवन र नवलपरासीबाट गरी २३ सेवाकेन्द्र मार्फत सदस्यमाझ सेवा दिँदै आएको छ । 

नीति विधि र प्रविधि प्रयोगमा समेत उदाहरणीय विकू साकोसले सदस्यहरुमाझ प्रविधिमैत्री सेवालाई समेत जोड दिएको छ । नेपालमै पहिलो पटक सहकारी क्षेत्रमा एटिएम सेवा सञ्चालनमा ल्याएको साकोसले नेपालको जुनसुकै बैंकबाट पनि सेवा लिँदा रकम नलाग्ने गरी सदस्यहरुमा एटिएम कार्ड वितरण गरेको छ । आज नेपालमै पहिलो पटक विपद् व्यवस्थापन गृह सञ्चालनमा ल्याएर विकूले संस्था, कर्मचारी र समुदायको भौतिक सुरक्षाको सवालमा उदाहरणीय कार्यको शुभारम्भ गरेको छ । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप