सहकारीमा नियमित बचत समृद्ध जीवनको आधारः महासचिव अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा नियमित बचत समृद्ध जीवनको आधारः महासचिव अधिकारी

कैलाली । एकता प्रगतीशिल बचत तथ ऋण सहकारी संस्था लिमिटेकोे १२ औं बार्षिक साधारणसभा विहिबार कैलालीको अत्तरियामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन नेफस्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । 

प्रमुख अतिथि महासचिव अधिकारीले सहकारीमा नियमित बचत नै सदस्यहरुको समृद्ध जीवनको आधार भएकोले बचतको महत्वलाई बुझेर सम्पूर्ण सदस्यहरुले नियमित बचतमा जोड दिन आग्रह गर्नुभएको थियो । सहकारीमा सदस्यहरु राम्रा भए समग्र सहकारी नै राम्रो हुने भएकोले बचतको माध्यमबाट समृद्ध जीवनको निर्माणमा जुट्न आव्हान गर्नुभएको थियो । 

सहकारीले आफ्ना सदस्यहरुलाई रोजगारीको सृजना गरेर बेरोजार युवाहरुलाई सिप तथा तालिम दिई उद्यमी बनाउनु पर्ने सुझाव उहाँको थियो । प्रमुख अतिथि अधिकारीले एकता प्रगतीशिल सहकारीले छोटो समयमा राम्रो प्रगति गरेकोले संस्थमा आबद्ध सम्पूर्ण समिति, उप समिति, शेयर सदस्य र कर्मचारीहरुको पनि प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अथितिमा नेफस्कूनका सञ्चालक तथा सुदुर पश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशी र राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष शिवा थापा हुनुहन्थ्यो । 

नेफस्कूनका सञ्चालक माधव प्रसाद जोशीले सहकारीका क्षेत्रमा फरक पहिचानका साथ आफुलाई स्थापित गराईरहेको एकता प्रगतीशिल सहकारीले  सुदुरपश्चिम प्रदेशवाट नेफ्स्कून प्रदेश सर्वाेकृष्ट साकोस २०७९ र राष्ट्रिय सहकारी महासंघद्धारा प्रदेशमै उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ बाट समेत सम्मानित भएकोले साकोस परिवारलाई हार्दिक बधाई तथा शुभकामना सहित राम्रो रहेको बारे प्रमाणीत गर्नु नपर्ने र नेफस्कून सधै साकोस परिवार सँगै रहने प्रतिबद्धता गर्नु भएको थियो । 

जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटा, सुदुर पश्चिम प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका नासु देवराज पन्त, नेफस्कून धनगढी सेवा केन्द्र कार्यालय इन्चार्ज योगेश बोहरा र  आमन्त्रीत समाजसेवी अतिथिहरुको साधारणसभामा उपस्थिति रहेको  थियो । 

साकोसका अध्यक्ष सुरत बहादुर बोगटीको अध्यक्षतामा भएको साधारण सभामा स्वागत मन्तव्य संस्थाका निमित्त उपाध्यक्ष धना कुमारी ओझा पाठकले र कार्यक्रम सञ्चालन संस्थाका ब्यवस्थापक शेर बहादुर बोगटीले गर्नुभएको थियो ।

अध्यक्ष बोगटीले सहकारीको समसामयिक जटिलताहरुबारे चर्चा गर्दै साकोसले लगानी गरेको व्यावसायिक ऋण व्यावसायिकीकरण नहुँदा असुलीमा अफ्ठ्यारो हुनु, ऋणी सदस्यहरुलाई व्यवसायीकरण गराउन नसक्नु, एकै सदस्य धेरै सहकारीहरुमा आवद्ध हुनु लगायतका मुख्य चुनौतीहरु सहकारीमा रहेको बताउनुभयो । चालु आर्थिक वर्षसम्म यस्ता समस्याहरु सहकारीमा विद्यमान रहेपनि आगामी दिनमा कम हुने विश्वासका साथ अगाडि बढेको बताउँदै सम्पूर्ण शेयर सदस्यहरुको सकारात्मक साथ सहयोगको लागि आव्हान गर्नुभयो । 

साकोस सुदृढीकरणमा कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले आगामी दिनहरुमा तालिम तथा गोष्ठीको आयोजना गरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गरिने उहाँले बताउनुभयो । 

सहकारीले आगामी वर्षहरुमा विकट क्षेत्रमा सेवा केन्द्र खोली नागरिकहरुलाई सेवा दिने लक्ष्य राखेको संस्थाका ऋण विभाग प्रमुख लक्ष्मण बोगटीले बताउनुभयो । उहाँका अनुसार संस्थाले गोदाबरी नगरपालिका वडा नं. ९ शेहरी र वडा नं. ४ हाटखोलीमा सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी गराउनुभयो । सो अनुरुप सहकारीले सेवा केन्द्र सञ्चालनका लागि अनुमती पनि लिईसकेको उहाँले बताउनुभयो । उहाँले हालसम्म पनि शेहरी र हाटखोलीमा वित्तीय संस्थाहरु स्थापना नहुँदा त्यहाँका नागरिकले समस्या खेप्नुपरेको बताउनुभयो । उहाँले नागरिकहरुको सहजताका लागि नै उक्त स्थानहरुमा सेवाकेन्द्र सञ्चालन गर्न लागिएको बताउनुभयो ।

उत्कृष्टता तर्फ लम्कँदै कैलालीको एकताप्रगतिशिल साकोस

संस्थाको कारोबार

बिहिबार साकोसको १२औ वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी कोषाध्यक्ष नन्दा भट्टले साकोसले आर्थिक क्षेत्रमा गरेको कारोबार र प्रगतीका बारेमा जानकारी गराउनुभएको थियो । साकोसले गत आर्थिक वर्षमा ६ करोड ५९ लाख ३४ हजार ८ सय ५७ रुपैया बचत संकलन र ६ करोड ८५ लाख २४ हजार २ सय ५३ रुपैया ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०६६ सालमा ३१ जना महिला र १० जना पुरुष गरी ४१ जना शेयरसदस्यको रु. १ लाख ४७ हजार शेयरपुँजीबाट सुरु भएको सहकारीले अहिले शेयर सदस्य र पुँजीका हिसाबले उत्कृष्टता तर्फ लम्कँदैछ । साकोसमा आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ७ सय ५० शेयरसदस्यहरु र ९१ लाख ८१ हजार ७ सय शेयरपुँजी रहेको प्रतिवदेनमा उल्लेख गरिएको छ । सहकारीको आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म कुल ८ करोड ४६ लाख २८ हजार ८ सय ३८ रुपैयाको कुल सम्पत्ती रहेको छ र साकोसले गत आ. व. मा रु १३ लाख ४१ हजार १ सय २४ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

साकोसले गत आर्थिक बर्ष साधारणसभाको अवसरमा १ हजार ७ सय शेयर सदस्यहरुलाई १५ किलोका दरले आयोडिन नुन समेत वितरण गरिएको जानकारी गराएको थियो । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

२ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप