सुर्योदय साकोसको २१औं वार्षिक साधारणसभा सम्पन्न, कुल वासलात ६६ करोड ९७ लाख 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्योदय साकोसको २१औं वार्षिक साधारणसभा सम्पन्न, कुल वासलात ६६ करोड ९७ लाख 

काठमाडौं । सुर्योदय बचत तथा ऋण सहकारी संस्था लि., स्याङ्जाको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष हुम बहादुर कुमालको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

२०५५ साल पौष २५ गते स्थापना भएको सुर्योदय साकोसले स्याङ्जा जिल्लाभर कार्यक्षेत्र राखी ९ हजार १ सय ६९ शेयर सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । 

साकोसका सचिव राजेन्द्र प्रसाद शर्माले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै साकोसले गत आ.व.मा गरेका उल्लेखनीय कामहरु र आगामी आ.व.का कार्यक्रमहरुबारे जानकारी गराउनुभयो । 

कोषाध्यक्ष राममाया अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै साकोसले रु. ४८ करोड १६ लाख ३८ हजार ५६३ बचत संकलन गरेको र ५४ करोड ६० लाख ६३ हजार ५८ रुपैंया ऋण लगानी गरी गत आ.व.मा साकोसले ३ करोड ८ लाख ५६ हजार ६७७ रुपैंया कुल सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराउनुभयो । साकोसको कुल वासलात ६६ करोड ९७ लाख ३५ हजार ७३१ रुपैंया रहेको प्रतिवेदन मार्फत प्रस्तुत गरिएको थियो ।

५ करोड २८ लाख २२ हजार संस्थागत कोष रहेको साकोसले सदस्यहरुलाई बचत तर्फ ६ दशमलब १२ प्रतिशत र ऋण तर्फ ५ दशमलव ०८ प्रतिशत संरक्षित पुजी फिर्ता कोष उपलब्ध गराइने जनाएको छ भने सदस्यहरुका लागि १५ दशमलव ८० प्रतिशत शेयर लाभाश प्रस्ताव साधारणसभा मार्फत पारित गरेको छ । साकोलले कुल १ हजार ७ सय ९३ सदस्यमा ऋण प्रवाह गरेको छ । 

साधारणसभाका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले सुर्योदय साकोसले गरेको प्रगति प्रशंसनीय रहेको बताउँदै दिगो र संस्थागत साकोस विकासका लागि स्तरीकरण कार्यक्रम र उच्चस्तरीय प्रविधि विकासको अपरिहार्यताको चर्चा गर्नुभयो । उहाँले समृद्ध सदस्यनै दिगो साकोस विकासको आधार भएकोले सदस्य हितका कार्यक्रम तथा सदस्य सेवालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो । 

साधारणसभाका अर्का विशेष अतिथि नेफ्स्कूनका सञ्चालक कमलादेवी गिरीले साकोसमा विविध खालका सदस्यहरु रहने भएकोले सदस्यको आवश्यकता र प्राथमिकतालाई बुझेर व्यवहार गर्नुपर्ने साकोसको कर्तव्य रहेको बताउनुभयो । सभामा जिल्ला सहकारी विभागका प्रतिनिधि, जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, स्थानीय सहकारीकर्मीहरु लगायतको विशेष उपस्थिति रहेको थियो । 

जिल्लाभर ५ सेवा केन्द्र सञ्चालनमा रहेको सुर्योदय साकोसमा २७ कर्मचारी कार्यरत छन् । साकोसमा १ हजार ९ सय ७६ जना बालबचतकर्ताले नियमित बचत गर्दै आइरहेको व्यवस्थापक धु्रव नारायण श्रेष्ठले जानकारी गराउनुभयो ।    

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप