विकू साकोसको ३३औं वार्षिक साधारणसभा, रजहरमा इकाई केन्द्र २ को भेला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसको ३३औं वार्षिक साधारणसभा, रजहरमा इकाई केन्द्र २ को भेला सम्पन्न

गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लि.को २३औं वार्षिक साधारणसभा अन्तर्गत इकाई केन्द्र २, बुधबार रजहरमा सम्पन्न भएको छ । साकोसको सोमबारदेखि सुरु भएको साधारणसभा अन्गर्तत कावासोतीमा एकाई केन्द्र १ सम्पन्न गरेको थियो । 

बुधबार रजहरमा सम्पन्न सभामा विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले सबैमा सहकारीको भावना विकास गराई विकू सदस्यलाई खुसी र स्वस्थ राख्ने अभियानमा रहेको बताउनुभयो । गर्भदेखि स्वर्गसम्मका कार्यक्रमसँगै समुदायका हरेक व्यक्तिलाई औपचारिक वित्तीय सेवामा संलग्न गराई आर्थिक तथा सामाजिक रुपान्तरणका लागि चुलोदेखि चौतारोसम्मका कार्यक्रम विकूले ल्याएको उहाँले बताउनुभयो । यहाँ उत्पादन गर्न र उत्पादित सामाग्री विक्रिको व्यवस्था गर्ने तथा लगानी पनि विकूले नै गर्ने वातावरण सिर्जना गरिरहेको उहाँको भनाई थियो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का पूर्व सञ्चालक समेत रहेका विकूका पूर्व अध्यक्ष एवम् सञ्चालक ईन्द्रराजज्योति पौडेलले सदस्यका हिसाबले विकू नेपालकै दोस्रो ठूलो सहकारीका रुपमा स्थापित रहेको बताउनुभयो । सहकारी एक अभियान भएकोले यसमा सहभागी भई पुण्य कमाउन सकिने उहाँको भनाई थियो ।

सदस्य संख्यामा नेपालकै दोस्रो ठूलो सहकारीको रुपमा स्थापित विकूमा १ लाख भन्दा बढी सदस्य छन् ।

स्वागत मन्तव्य व्यक्त गर्दै विकूका उपाध्यक्ष यमुनाथ आचार्यले सहकारीलाई अझै बलियो र दिगो बनाउन जगेडा कोषमा आधारित सहकारी बनाईने  बताउनुभयो । विकू कल्प वृक्ष जस्तै रहको बताउँदै विधि र प्रविधि सहितको स्मार्ट विकू बनाउन सबैले आ आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो । 

विकूका सचिव प्रेमप्रसाद सापकोटा राजुले वित्तीय १७ वटा र गैरवित्तीय ३१ वटा कार्यक्रम सहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले अघिल्लो साधारणसभाबाट पारित वित्तीयतर्फ ८८ प्रतिशत र गैर वित्तीयतर्फ ७० प्रतिशत कार्य सम्पादन गरेको बताउनुभयो । 

कोषाध्यक्ष कालिदास गौडेलले असार मसान्तसम्म विकूले करिब २३ अरब ३२ करोड ९० लाख रुपैयाँ ऋण लगानी गरेको जानकारी दिनुभयो । करिब २९ करोड सञ्चालन मुनाफा आर्जन गरेको विकूले करिब ८ करोड रुपैंया राजस्वमा योगादान गरेको उहाँको भनाई थियो । 

लेखा तथा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले विकू सहकारीमा अग्रणी एवं सबल संस्थाको रुपमा आफ्नो छवि कायम गर्न सफल भएको बताउँदै संस्थाले प्राप्त गरेको शाख जोगाउन सोही अनुरुप कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो । 

कार्यक्रम सहजीकरण गर्दै प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले गतबर्ष कुनैपनि वित्तीय संस्थामा सदस्य नभएका ५६३ जनाले विकूको सदस्यता लिएको जानकारी गराउनुभयो । 

कार्यक्रममा सेयर सदस्यका जिज्ञासा सञ्चालक समितिले समाधान गर्ने प्रयास गरेको थियो । सो अवसरमा उत्कृष्ट सदस्य लगायत विविन्न विधामा सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो । यस इकाइका सदस्यले नीति तथा कार्यक्रम र बजेट पास गर्दै सञ्चालक समितिलाई विभिन्न अख्तियारी समेत प्रदान गरेको छ । 

कावासोतीको डण्डामा इकाई केन्द्र १ को भेला सम्पन्न गरेको विकूले, बुधबार रजहरमा इकाई केन्द्र २ को भेला सम्पन्न गरेको थियो ।  २९ गते शनिबार गैडाकोटमा इकाई केन्द्र ३ को भेला सञ्चालन गरी कात्तिक ५ गते शनिबार अन्तिम निर्णय प्रमाणित गरी साधारणसभा सम्पन्न गर्ने कार्यक्रम तय भएको विकूले जनाएको छ ।  विजय एफएम

भर्खरै
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६० मिनेट अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६० मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप