विकू साकोसको ३३औं वार्षिक साधारणसभा सुरु, पहिलो इकाई केन्द्र कावासोतीमा सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसको ३३औं वार्षिक साधारणसभा सुरु, पहिलो इकाई केन्द्र कावासोतीमा सञ्चालन

नवलपरासी । विकू बचत तथा ऋण सहकारी संस्था लि. नवलपरासीको ३३औं वार्षिक साधारण सभाको पहिलो इकाइ केन्द्र आज कावासोतीमा सम्पन्न गरेको छ ।

साकोसका अध्यक्ष ओम प्रसाद सापकोटाको अध्यक्षतामा सुरु भएको इकाइ केन्द्र–१ को सभामा साकोसका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा गत वर्षको प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम संस्थाका सचिव प्रेम प्रसाद सापकोटाले र गत वर्षको आर्थिक विवरण र चालु आर्थिक वर्षको वार्षिक वजेट संस्थाका कोषाध्यक्ष कालीदास गौडेलले प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन संयोजक कमल सुवेदीले प्रस्तुत गर्नुभएको थियो भने पूर्व अध्यक्ष एंव सञ्चालक समितिका सदस्य ईन्द्रराज ज्योति पौडेलले जगेडा कोषको बारेमा सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सञ्चालक समिति, विभिन्न उप–समितिका पदाधिकारीहरु र शेयर सदस्यहरुको  उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा साकोसका वित्तीय तथा गैर वित्तीय कार्यक्रममा सहभागी उत्कृष्ट सदस्य तथा संघ संस्थाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 

कार्यक्रम सहजीकरण साकोसका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो । वार्षिक साधारणसभाको दोस्रो ईकाइ सभा बुधबार देवचुलीमा सञ्चालन हुने साकोसले जनाएको छ । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप