सामूहिक साकोसको ‘कारोबार शुभारम्भ तथा रजतवर्ष लोगो लोकार्पण’ कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामूहिक साकोसको ‘कारोबार शुभारम्भ तथा रजतवर्ष लोगो लोकार्पण’ कार्यक्रम

भक्तपुर । सामूहिक साकोस भक्तपुरले २५औं स्थापना दिवस (रजतवर्ष) को सुअवसरमा असोज २३ गतेदेखि साकोसको नवनिर्मित भवनबाट कारोबार शुभारम्भ गरेको छ । 

भक्तपुर नगरपालिका ३, बोलाछें स्थित साकोसको नव निर्मित भवनमा आयोजित कार्यक्रमको सभाध्यक्ष अध्यक्ष धनेशराज राजोपाध्याय र प्रमुख आतिथ्यता साकोसका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष राजेश बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ र अध्यक्ष राजोपाध्यायले खुत्रुकेमा पैसा जम्मा गरेर संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नुका साथै संयुक्त रुपमा रजतवर्ष लोगो लोकार्पण गर्नुभएको थियो । 

प्रमुख अतिथि श्रेष्ठले संस्था स्थापना कालका कठिन यात्राहरुका विषयमा जानकारी गराउनु भएको थियो । हजार रुपैयाँबाट शुरु भएको कारोवार २५औं स्थापना सम्म आइपुग्दा ७२ करोडको हाराहारी सम्म आइपुगेको गर्वको विषय रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै साकोसका उपाध्यक्ष तथा रजत वर्ष मूल समारोह उपसमितिका संयोजक राजाभाई भेलेले रजतवर्षको उपलक्ष्यमा २०७९ असोज २३ गते देखि सुरु भई २०८० मा सम्पन्न गरिने २५औं साधारणसभा सम्मका विविध कार्यक्रम र वार्षिक गतिविधिहरु तालिकाबद्ध प्रस्तुत गर्नुभएको थियो । 

सामूहिक बचत तथा ऋण सहकारी संस्था साविकका ३ वटा संस्था (सामूहिक साकोस, बुद्ध साकोस र समता साकोस) बीच एकीकरण पश्चात एकीकृत सामूहिक साकोस बनेको हो । सोही सन्दर्भमा साविक बुद्ध साकोसको तर्फबाट चन्द्रकुमार तामाङ्गले र साविक समता साकोसको तर्फबाट चन्द्रलाल भोमीले २५औं स्थापना दिवस (रजतवर्ष) सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको तर्फबाट नित्यनाथ श्रेष्ठ, साकोसका संस्थापक सदस्यहरु सहित ३८ जनाको उपस्थिति रहेको थियो । नवनिर्मित भवनबाट कारोबार शुभारम्भ गरेकै दिन नव आगन्तुक शेयर सदस्यहरुबाट १६ लाख ४४ हजार ७०० रुपैंया बचत संकलन भएको साकोसले जनाएको छ । साकोसले रजतबर्षको अवसरमा असोज २९ गते निःशुल्क सदस्यता वितरण गरिने जनाएको छ । 

कार्यक्रमको सञ्चालन साकोसका सचिव कृष्णहरि सैंजुले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप