सिन्धुलीमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया 

श्याम बुढाथोकी
सिन्धुली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सिन्धुली सेवा केन्द्रले सदस्य संघ, संस्थाहरुसँग सहकारीका समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बालकुमारी श्रेष्ठको अध्यक्षतामा असोज १४ गते शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । 

एक दिने कार्यक्रममा नेपालीहरुको महान चाड दशै, दीपावली, छठ लगायतका पर्वहरुको शुभकामना आदान प्रदान गर्नुका साथै सहकारीको सन्र्दभ व्याजदर, सहकारी अभियान तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको अवस्था, समस्या समाधानका रणनीतिक उपायहरु, नेफ्स्कूनको सेवा, व्यवसाय तथा भावी योजनाहरु, सहकारी विभागबाट जारी भएका मार्ग दर्शन तथा निर्देशनहरुका सन्दर्भ लगायतका विषयमा छलफल गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बैंक तथा वित्तीय संस्था छरिएर रहेका सहकारीको निक्षेपलाई सञ्जालमा ल्याउनु पर्ने बताउनु भयो । ‘तरलताको अभावसँग जुध्न सहकारीको निक्षेप अभियानभित्रै राख्नु पर्छ । संस्थाले ऋण लगानी गर्दा सदस्यहरुको धितोलाई मात्र आधार नमानी छऋ को विश्लेषण गरि व्यावसायिक योजनालाई ख्याल गरेर लगानी गर्नु पर्ने आवश्यता छ,’ उहाँले भन्नुभयो । सदस्यहरुको तिर्न सक्ने क्षमतालाई आधार मानेर लगानी गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

सन्दर्भ व्याजदर सम्बन्धी सहकारीकर्मीहरुले राखेको जिज्ञासालाई सम्बोधन गदैँ उहाँले नेफ्स्कूनले सन्दर्भ व्याजदर परिर्वतनका लागि निरन्तर पैरवी गरिरहेको दावी गर्नु भयो । व्याजदरलाई बजारले निर्धारण गर्नु पर्ने तथा यो स्वचालित र स्वनियन्त्रित हुनु पर्नेमा उहाँले जोड दिनुभएको थियो । 
 
नेफ्स्कूनले सहकारीहरुको जागरण, प्रर्वधन, विकास र सञ्जालिकरणका लागि स्थानीय तहहरुसँगको साझेदारीमा आधारशिला कार्यक्रम सञ्चालन गरिरहेको र सो कार्यक्रम ३७ वटा स्थानीय तहहरुमा सञ्चालन भइरहेको जानकारी दिनुभयो । त्यस्तै नेफ्स्कूनले स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष सञ्चालनमा ल्याएको बताउनु भयो । सहकारीमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि सिटिइभिटीद्वारा मान्यता प्राप्त सहकारी व्यवस्थापन कोष सञ्चालन गरेको, एकिकृत साकोस सञ्जालका लागि साझा प्रविधिको विकास पनि गरिरहेको उहाँले उल्लेख गर्नुभयो । 

त्यसैगरी, जिल्ला सहकारी संघका महासचिव अशोक श्रेष्ठले सहकारी अभियानबीच ऐक्यबद्ध हुनु पर्ने धारण राख्नु भयो । उहाँले सहकारी अभियानका सन्र्दभमा हामी सबैको साझा बुझाई हुन आवश्यक रहेको धारणा राख्नु भयो । 

कमलामाई नगरपालिका सहकारी समन्वय शाखाकी प्रमुख इन्द्रिरा थापाले सहकारीहरुले नियमक निकायमा बुझाउनु पर्ने सम्पूर्ण वित्तीय प्रतिवेदनहरु नियमित बुझाउन, संस्थाको साधारण सभा समयमै सम्पन्न गर्न, कोपोमिसमा आवद्ध हुन, सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन पेस गर्न, सहकारीहरुले स्थानीय तहलाई तिर्नुपर्ने व्यवसाय कर समयमै तिर्न र सदस्यहरुलाई केन्द्रमा राखेर सहकारी सञ्चालन गर्न सहकारीकर्मीहरुलाई अनुरोध गर्नुभयो । उहाँले कमलामाई नगरपालिकाले नेफ्स्कूनसँग सम्झौता गरि सञ्चालन भएको आधारशिला कार्यक्रम पनि प्रभावकारी भएको बताउनुभयो । 

कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का सञ्चालक सदस्य कृष्णहरी कोइराला, राष्ट्रिय सहकारी बैक सिन्धुली शाखाका प्रमुख रेगन बर्तौला लगायत विभिन्न सहकारी संस्थाका ३० जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले नेफ्स्कूनले विकास गरेका स्तरीकरण कार्यक्रम राम्रो रहेको तथा संस्था सञ्चालनलाई सुव्यवस्थित, सबल, सक्षम र स्वनियममा राख्न सहयोग पुगेको बताएका थिए । नेफ्स्कूनले विविध विषयहरुमा अन्तरक्रिया, शिक्षा तालिम, गोष्ठी सञ्चालनलाई नियमित गर्नुपर्नेमा सहभागीहरुको जोड थियो । 

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप