नेफ्स्कूनद्वारा राष्ट्रिय सहकारी बैंक र केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी तथा सञ्चालकहरुलाई बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा राष्ट्रिय सहकारी बैंक र केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी तथा सञ्चालकहरुलाई बधाई तथा शुभकामना

काठमाडौं । नेपाल बचत तथ ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले राष्ट्रिय सहकारी बैंक र केन्द्रीय दुग्ध सहकारी संघका नवनिर्वाचित पदाधिकारी तथा सञ्चालकहरुलाई संयुक्त रुपमा बधाई तथा शुभकामना प्रदान गरेको छ । 

आज ललितपुरमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बैंक र केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी तथा सञ्चालकहरुलाई बधाई ज्ञापन गर्नुभएको हो । 

बधाई तथा शुभकामना कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी, बैंकका नवनिर्वाचित अध्यक्ष के.बी. उप्रेती, केन्द्रीय दुग्ध सहकारी संघका नवनिर्वाचित अध्यक्ष अम्मर बहादुर कुँवर, नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. बस्नेत, संघका कोषाध्यक्ष दिपक पनेरु, प्रदेश सांसद ज्ञानवहादुर तामाङ, उपभोक्ता केन्द्रीय सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाई, बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष सञ्चालन समितिकी सदस्य ज्ञानु पौड्याल लगायतको विशेष उपस्थिति रहेको थियो ।  
 
बैंक र केन्द्रीय दुग्ध सहकारी संघ लि.का नवनिर्वाचित सञ्चालक समितिलाई नेफ्स्कूनद्वारा औपचारिक बधाई तथा शुभकामना साथै नेपालको समग्र सहकारी अभियान तथा साकोस अभियान सुदृढीकरणका लागि त्रिपक्षीय सहयोग र सहकार्यका सम्भावनाहरु बारे महत्वपूर्ण अभिव्यक्तिहरु प्रष्फुटन भएका थिए । 

बधाई तथा शुभकामना कार्यक्रम सञ्चालन तथा सहजीकरण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले गर्नुभएको थियो । उहाँले सहकारी क्षेत्रका विद्यमान समासामयिक समस्या समाधान, अभियान मार्फत सकारात्मक सन्देश प्रवाह र सहकारीप्रतिको विश्वास कायम गर्ने सन्दर्भमा नेफ्स्कून, राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंक, केन्द्रीय दुग्ध सहकारी संघ लगायत विषयगत केन्द्रीय संघहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो ।  

संघका अध्यक्ष परितोष पौड्यालले नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक र केन्द्रीय दुग्ध सहकारी संघ लि. बीच सहकार्यात्मक सम्बन्ध विस्तारका आयामहरुबारे चर्चा गर्नुभएको थियो । विश्वव्यापी आर्थिक मन्दीका कारण सहकारी क्षेत्रमा परेको वित्तीय संकट समाधानका लागि वित्त प्रविधिमा रणनीतिक साझेदारी मार्फत नयाँ उचाई कायम गर्न प्रर्याप्त सम्भावनाहरु रहेको बताउनुभएको थियो । 

राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष उप्रेतीले सहकारी क्षेत्र उत्पादनमुखी बन्न सकेन भन्ने सबैतिरको आक्षेपलाई सम्बोधन गर्न केन्द्रीय दुग्ध सहकारी संघको सक्षमता विकास गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले दुग्ध उत्पादनलाई सुरक्षित बनाउन, अरु कसैको भर नपर्ने गरि विकास गर्न र दुग्ध उत्पादक कृषकहरुलाई सफ्ट लोन उपलब्ध गराउन नेफ्स्कून, सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघको सहकार्यमार्फत उत्पादन केन्द्रीत कार्यमा जोडिनुपर्ने बताउनुभयो । उहाँले सहकारीका विद्यमान संकट समाधानका लागि सहकारी अभियान एकसाथ अगाडि बढिरहेको दृष्टान्त प्रस्तुत गर्दै सहकारी बैंक, नेफ्स्कून र महासंघ निरन्तर सामुहिक ऐक्यबद्धता सहित ठीक ढंगले अभियानलाई गति प्रदान गर्ने दिशामा प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । 

केन्द्रीय दुग्ध सहकारी संघ लि.का नवनिर्वाचित अध्यक्ष कुँवरले सहकारी अभियानले गाउँदेखि केन्द्रसम्म आफ्ना आवाजहरु मुखरित गर्ने अवसर प्रदान गरेको हुँदा सहकारीकर्मीहरुमा एक प्रकारको उत्पे्ररणा जगाएको विचार व्यक्त गर्नुभयो । उहाँले संघ उत्पादक हो र सहकारी अभियानमार्फत उत्पादनमा सहकार्य र सहयोगको आवश्यकता रहेको जानकारी गराउनुभयो । 

विद्यमान आर्थिक संकटका कारण किसानहरु उठ्न नसक्ने अवस्थामा पुगेको दृष्टान्त व्यक्त गर्दै अध्यक्ष कुँवरले छिट्टै यसको व्यवस्थापन गर्न र किसानहरुलाई बँचाउन सकिएन भने हामी पुन दुग्ध पदार्थमा पूर्ण परनिर्भर हुने अवस्था आउने बताउनुभयो । अब उत्पादनमा लाग्ने किसानहरुलाई राज्यले अनुदान दिएमात्र बाँच्न सक्ने भन्दै उहाँले दुधको मुल्य समायोजनको कुरा पनि संघमार्फत अगाडि बढाइएको जानकारी गराउनुभयो । अध्यक्ष कुँवरले उत्पादन गर्नेहरुलाई बचाउन र यसको दीगो समाधानका लागि अब सहकारी बैंक, नेफ्स्कून र महासंघबीच पनि गम्भिर छलफल र वहश आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रिय सहकारी बैंकको पौष १६ गते शनिवार सम्पन्न निर्वाचन सहितको एकाई साधारणसभाले के.बी. उप्रेतीको अध्यक्षतामा नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको थियो । त्यसैगरी गत पौष ३ र ४ गते सम्पन्न केन्द्रीय दुग्ध सहकारी संघ लि.को निर्वाचन सहितको २८औं वार्षिक साधारणसभाले अम्मर बहादुर कुँवरको अध्यक्षतामा नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप