साकोसहरूका लागि जोखिममा आधारित आन्तरिक लेखा परिक्षण सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसहरूका लागि जोखिममा आधारित आन्तरिक लेखा परिक्षण सम्बन्धी तालिम सञ्चालन

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा साकोसहरुका लागि जोखिममा आधारित आन्तरिक लेखा परिक्षण सम्बन्धी तालिम सञ्चालन गरिएको छ । पौष १९ र २० गते दुई दिन सञ्चालन हुने उक्त तालिम नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य बम बहादुर बी.सी.को अध्यक्षता र सुर्खेत फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी कुमारी उपाध्यायको विशेष आतिथ्यतामा शुरु भएको थियो ।

तालिममा सुर्खेत र दैलेख जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी जम्मा ३१ जनाको सहभागिता रहेको छ ।  

सभाध्यक्ष बी.सी.ले जोखिममा आधारित आन्तरिक लेखापरीक्षण तालिम एकदमैै प्रभावकारी रहेको वताउनु भयो । तालिमको शीर्षकले नै तालिमको विषयवस्तुलाई प्रट्याएको छ, उहाँले भन्नुभयो, “हामीले साकोसमा जोखिमलाई पहिचान गर्न सक्नु आवश्यक हुन्छ । साकोसमा आउने जोखिमहरुलाई कसरी न्यूनीकरण गर्न सकिन्छ सो विषयमा पनि जानकार भई रहुन पर्ने, संस्थामा आउन सक्ने जोखिमहरुको पहिचान गरी चनाखो भएर काम गर्नु पर्ने र सहकारी ऐन, नीति, नियम, निमावलीमा पनि आफुलाई अनिवार्य अद्यावधिक राख्नुपर्छ ।”

तालिममा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी कुमारी उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको छ भने कार्यक्रमको सञ्चालन नेफ्स्कून सुर्खेत फिल्ड कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले र व्यवस्थापन फिल्ड कार्यालय सहायक मदन कुमार चन्दले गर्नु भएको छ । 

तालिम अधिकृत कोइरालाले तालिममा लेखा सुपरीवेक्षण समितिको काम, कर्तव्य, अधिकार, खरिद प्रक्रिया, जोखिम व्यवस्थापन, जोखिमको विश्लेषण र जोखिमको पहिचान लगायतका विविध विषयहरुमा सहजीकरण गर्नुहुनेछ । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ मिनेट अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

पाठकबाट थप