भक्तपुर बचत संघद्वारा सदस्यहरूका लागि वित्तीय व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर बचत संघद्वारा सदस्यहरूका लागि वित्तीय व्यवस्थापन तालिम सञ्चालन

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास तालिम सम्पन्न भएको छ । साकोसको संस्थागत विकास उपसमितिको आयोजनामा पौष १७ गते सञ्चालित तालिमको अध्यक्षता संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले गर्नुभएको थियो । 

अध्यक्ष लाखाजुले सहकारीमा वित्तीय व्यवस्थापनको ज्ञानको अभावमा कारण समस्या देखापर्ने हुँदा सहकारीका सञ्चालक तथा व्यवस्थापनले वित्तीय व्यवस्थापनको ज्ञान लिनु अति जरुरी रहेको बतानुभयो ।

संघका सचिव एंव उपसमितिका संयोजक जगनाथ प्रजापतिले तालिमले सहकरी वित्तीय व्यवस्थापनका लागि सहयोग गर्ने विश्वास राख्दै सिकेका कुराहरु व्यवहारमा प्रयोग गरे मात्र तालिमले सार्थकता पाउने विचार व्यक्त गर्नुभयो । 

संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीको वित्तीय व्यवस्थापन गर्न नजान्दा तलरताको समस्या सृजना हुने भन्दै वित्तीय कारोबारमा सजगता अपनाउनुपर्ने बताउनुभयो । साथै सहकारी सञ्चालन प्रक्रियाबारे सदस्यलाई शिक्षित गर्न नसक्दा सहकारीको नकारात्मक सन्देशले सहकारीमा वित्तीय व्यवस्थापनमा चुनौती थपेको बताउनुभयो ।

वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत केशव दाहालले तालिमको पहिलो दिन वित्तीय व्यवस्थापन अन्र्तगत वासलात व्यवस्थापनको बारेमा सहजिकरण गर्नुभएको थियो । तालिमको दोस्रो दिन सहजकर्ता कृष्ण प्रसाद अचार्यले सहकारीको आय व्यय व्यवस्थापनको बारेमा सहजिकरण गर्नुभएको थियो । 

तालिममा संघमा आबद्ध संस्थाहरुमध्येबाट २२ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागी सिता पाण्डे र दिपक श्रेष्ठले तालिम निकै प्रभावकारी रहेको बताउदै तालिमबाट सहकारीको सम्पत्ती दायित्व व्यवस्थापन देखि व्याजदर निर्धारण, बेस रेट क्यालकुलेशन लगायतको व्यवहारिक र उपयोगी बिषयमा सिक्न पाएँकोमा खुशी व्यक्त गर्नुभयो । तालिमको समापन कार्यक्रमको संचालन संघका कर्मचारी श्रृजना तमखुले गर्नुभएको थियो ।
 
भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप