नेफ्स्कून र अक्कूको संयुक्त आयोजनामा द लिडरसिप वुटक्याम्प सम्बन्धी उत्प्रेरणात्मक तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र अक्कूको संयुक्त आयोजनामा द लिडरसिप वुटक्याम्प सम्बन्धी उत्प्रेरणात्मक तालिम सञ्चालन

काभ्रे । नेफ्स्कून र एसियाली ऋण महासंघ (अक्कू) को संयुक्त आयोजनामा द लिडरसिप वुटक्याम्प सम्बन्धी उत्प्रेरणात्मक तालिम आजबाट काभ्रेको धुलिखेलमा शुरु भएको छ । तीन दिवसीय उक्त तालिम नेफ्स्कूनका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई लक्षित गरी अयोजना गरिएको हो । 

संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा शुरु तालिमको उद्घाटन प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले गर्नु भएको थियो । 

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि सचिव डा. दामोदर रेग्मीले मानिसको पाउ एक नीति हो र यसले समग्र जिम्मेवारीलाई डोर्याउछ भन्दै सहकारी आफैमा विकासको एक महत्वपूर्ण क्षेत्र रहेको चर्चा गर्नुभयो ।  सहकारीसँग गरिब, विपन्न र सामाजिक रुपमा पछाडि पारिएका वर्ग जोडिएको हुँदा सामाजिक रुपान्तरण, आर्थिक रुपान्तरण तथा शासकीय पद्धतीको अनुपालनको अभ्यासमार्फत समग्र अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । वास्तवमा नेफ्स्कूनको अभ्यासबाट मैले सिक्ने मौका पाएको छु भन्दै सचिव रेग्मीले भन्नुभयो, “नेपालमा समग्र सहकारी विकासमा बचत तथा ऋण सहकारी अभियानको मुख्य भुमिका र योगदान छ, यस क्षेत्रको विकासका लागि मन्त्रालय सदैव सहकार्य गरेर अगाडि बढ्छ ।”

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै  सहकारी अभियानलाई सार्थक र सफल अभियानको रुपमा विकास गर्न सवैबीचको सहकार्यात्मक सम्बन्ध विकासको अपरिहार्यता माथि प्रकाश पार्नुभयो ।

कार्यक्रमको सञ्चालन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत लेनी, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची र उच्च व्यवस्थापन समूहको सहभागिता रहेको थियो । 

सो अवसरमा एसीयाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के (लेनी) ले शानदार नेतृत्व विकासका लागि असल आचरण विकास साथै सुदृढ सहकारी अभ्यासको अनुशरण गर्नुपर्ने बताउनुभयो । नेपालले बचत ऋण अभ्यासमा गरेको अनुकरणीय उदारहणबाट आफु निकै खुशी भएको सिइओ लेनीले बताउनुभयो । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले साकोस अभियानको उचाईप्रति सदैव सम्मान र शुभभाव रहेको विचार व्यक्त गर्नुभयो । उहाँले आज आयोजित तालिम आफैंमा नयाँ र नेतृत्वमा नयाँ सोच र उत्प्रेरण मिल्ने विश्वास लिएको बताउनुभयो । 

तालिम उद्घाटन सत्रको समापनका अवसरमा बोल्दै संघका अध्यक्ष पौड्यालले आजको तालिम लिडरसिफ्ट अभ्यासको युगान्त शुरुवाती अभियान रहेको प्रशंग उल्लेख गर्दै अभियानमा नेतृत्व रुपान्तरणको विषयमा चर्चा गर्नु भएको थियो । उहाँले बचत तथा ऋण सहकारी अभियानमा क्रेडिट युनियन ऐनको विषय, औचित्यता र यसको महत्वको बारेमा सन्दर्भ प्रस्तुत गर्दै तालुक मन्त्रालयले यस विषयमा छिट्टै ठोस पहलकदमी गरोस् भन्ने अपेक्षा रहेको बताउनुभयो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप