एशियाली ऋण महासंघद्वारा चण्डेश्वरी साकोस अवलोकन भ्रमण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एशियाली ऋण महासंघद्वारा चण्डेश्वरी साकोस अवलोकन भ्रमण

काभ्रे । एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत Elenita V. San Roque र प्रमुख प्राविधिक अधिकृत Ranjith Hettiarachchi ले चण्डेश्वरी साकोसको अवलोकन भ्रमण गर्नुभएको छ । पौष २३ गने बनेपा–८ काभ्रेमा रहेको संस्थाको कार्यालयमा उपस्थित भई उहाँहरुले संस्थाका वित्तीय तथा सामाजिक गतिविधिहरु अध्ययन अवलोकन गर्नुभएको हो । 

चण्डेश्वरी साकोस नेफ्स्कूनद्वारा प्रवर्द्धित एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम अन्तर्गत यस बर्षको एक मात्र ब्राण्ड प्राप्त संस्था हो । 

संस्थाको कार्यालयमा पुग्नुभएका अक्कूका सिइओ लेनी र प्रमुख प्राविधिज्ञ रञ्जित हिताराचीलाई संस्थाका अध्यक्ष नविन भक्त बादे लगायत सञ्चालक समितिका पदाधिकारी, सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुले स्वागत गर्नु भएको थियो । 

साकोसका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयाजित कार्यक्रमको सञ्चालन सचिव बुद्धरत्न मानन्धरले गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । प्र.का.अ.दाहालले साकोसले विगतमा कोभिड १९ को कारणले उत्पन्न चुनौतिका बारेमा र आगामी दिनमा आउन सक्ने चुनौतिको बारेमा बताउनु भएको थियो । साथै प्रमुख कार्यकारी अधिकृतबाट संस्थाको विगत, बर्तमान, संस्थाका वित्तीय सेवाहरु, सदस्य लाभ कार्यक्रम लगायतको प्रस्तुतिकरण पनि गर्नु भएको थियो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का तर्फबाट सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सीना र बरिष्ठ अधिकृत पे्रमनाथ वाग्ले उपस्थित हुनुहुन्थ्यो ।  

कार्यक्रमका अवसरमा अक्कूकी सिईओ लेनीले साकोसका अध्यक्ष श्रेष्ठलाई पुनः एक्सेस ब्राण्डको प्लेग हस्तान्तरण गर्नुभएको थियो । ब्राण्डको महत्व तथा औचित्यता बारे प्रष्ट्याउँदै सिइओ लेनीले एक्सेस ब्राण्डले सहकारीको सन्तुलित वित्तीय अवस्थाको सुनिश्चितता गर्ने बताउनुभयो । उहाँले ब्राण्ड प्राप्त संस्थामा सदस्यहरुले आफ्नो बचत रकम सुरक्षित भएकोमा विश्वस्त रहने सक्ने आधार हुने स्पष्ट पार्नुभयो । ब्राण्ड केवल देखाउनका लागि मात्र नभएर संस्थाको सेवा र कार्यक्रमबाट सदस्यले आत्मबोध गर्ने खालको हुनुपर्ने उहाँको भनाइ थियो । चण्डेश्वरी साकोस सन् २०२२÷२३ मा नेपालको एकमात्र एक्सेस ब्रोन्ज ब्राण्ड प्राप्त गर्न सफल भएकोमा संस्थालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।     

कार्यक्रम समापनका अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले अक्कूको प्रमुख व्यक्तित्वबाट भएको साकोस भ्रमणका लागि धन्यबाद व्यक्त गर्दै प्राप्त सल्लाह सुझावहरु साकोसमा अंगिकार हुने बचतबद्धता व्यक्त गर्नुभएको थियो । 

हाल चण्डेश्वरी साकोसमा ८ हजार ५०० भन्दा बढि सदस्यहरु आबद्ध छन भने संस्थाको कुल सम्पत्ति १ अर्ब १७ करोड ६८ लाख ६९ हजार ४२० रहेको छ । संस्थाको संस्थागत पुँजी ११ करोड ६४ लाख ४ हजार रहेको छ भने तरलता २२.८० प्रतिशत कायम रहेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप