अन्तर्राष्ट्रिय स्तरको प्रतिकीकरण कार्यक्रम एक्सेसको प्राविधिक कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय स्तरको प्रतिकीकरण कार्यक्रम एक्सेसको प्राविधिक कार्यशाला सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको बचत ऋण सहकारी प्रतिकीकरण कार्यक्रम एक्सेसको प्राविधिक कार्यशाला भक्तपुरमा सम्पन्न भएको छ । नेफ्स्कूनको आयोजना र एसियाली ऋण महासंघ (अक्कू) को प्राविधिक सहजिकरणमा पौष २४ र २५ गते सञ्चालित कार्यशाला गोष्ठीले नेपालका बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा सुरक्षित र गुणस्तरीय सेवा प्रवाहको संस्कार मार्फत सदस्यहरुको सन्तुष्टीलाई प्राथमिकता प्रदान गर्ने गरी साकोस स्तरोन्नतीमा लाग्न महत्वपूर्ण मार्गनिर्देश गरेको छ । 

गोष्ठीमा विगत र वर्तमानमा गरी एक्सेस ब्राण्ड प्राप्त २४ वटा साकोसका व्यवस्थापन प्रमुख, नेफ्स्कून उच्च व्यवस्थापन एवं एक्सेस कार्यक्रम सहजकर्ता गरी कुल ३७ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत Elenita San Roque र प्रविधिक परामर्शकर्ता Ranjith Hettiarachchi ले गर्नुभएको थियो । उक्त कार्यशालामा एक्सेस कार्यक्रमको वित्तिय दृष्टिकोणका १३ सूचक, सदस्य दृष्टिकोषको २७ सूचक, आन्तरिक व्यवसायिक दृष्टिकोणको २६ सूचक, सिकाई तथा बृद्धि दृष्टिकोणको २० सूचक गरी ८६ वटै सूचकमा छलफल, सूचक कार्यान्वयनको चुनौती एवं साकोस अभियानको स्तरोन्नतीको निमित्त गर्नुपर्ने थप कार्यहरुको विषयमा अन्तरक्रिया गरिएको थियो ।

समापन कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साकोसको स्तरोन्नती एवं सुशासनको निमित्त सम्बद्ध निकायसँग समन्वयकारी भूमिकाको सन्दर्भमा नेफ्स्कून निरन्तर लागिरहेको बताउनुभयो । 

एक्सेस कार्यक्रम बचत तथा ऋण सहकारीहरुमा स्वःनियमनमार्फत गुणस्तर कायम गर्न एशियाली ऋण महासंघद्वारा विकास गरिएको  एक गुणस्तर सुनिश्चितता एवं अन्तर्राष्ट्रिय स्तरको प्रतिकीकरण कार्यक्रम हो । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा २०६५ सालदेखि सो कार्यक्रम सदस्य संस्थाहरुको गुणस्तर विकासका लागि प्रयोगमा ल्याइएको छ । नेपालबाट हालसम्म २४ बचत तथा ऋण सहकारी संस्थाहरु प्रमाणीकरणमा सफल भएका छन् भने यस बर्ष काभ्रेको चण्डेश्वरी साकोस प्रमाणीकृत भएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप