बुटवलमा प्रदेशस्तरीय साकोस अभियानको नेतृत्वको पुनःजागरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुटवलमा प्रदेशस्तरीय साकोस अभियानको नेतृत्वको पुनःजागरण कार्यक्रम सम्पन्न

बुटवल । नेफ्स्कूनको आयोजनमा शुक्रबार रुपन्देहीको वुटवलमा लुम्बिनी प्रदेशस्तरीय साकोस अभियानको नेतृत्वको पुनःजागरण कार्यक्रम सम्पन्न भएको छ । 

संघका सञ्चालक एवं लुम्विनी प्रदेश संयोजक सन्दिप सापकोटाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रमुख व्यक्तित्वको रुपमा संघका अध्यक्ष परितोष पौड्याल, त्यसैगरी अथितिहरुमा लुम्बिनी प्रदेशका सहकारी रजिष्ट्रार भिम प्रसाद तिवारी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचन, संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, वुटवल उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, विषयगत जिल्ला संघका अध्यक्षहरु, सहकारी साखा प्रमुखहरु, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्यहरु, प्रदेशका १२ वटै जिल्लाबाट प्रारम्भिक संस्थाका प्रतिनिधिहरु गरि २५० जना भन्दा बढिको सहभागिता रहेको थियो । 

संघका अध्यक्ष पौड्यालले वित्तीय सहकारीका सिद्धान्तहरुको रक्षा गर्न नसके अभियानलाई सहि दिशा निर्देश गर्न नसकिने, सुशासन कमजोर हुदै जाने धारणा राख्नु भयो । वित्तिय सहकारीमा सुशासन कायम गरि सदस्यको बचत सेयरको सुरक्षाको प्रत्यभूति गर्न स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष मुख्य माध्यम रहेको धारणा राख्नु भयो । संघले सहकारी अभियानमा समस्या सृजाना भएको भ्रमको अन्त्य गर्न देश भर नेतृत्वको पुन:जागरण कार्यक्रम सञ्चालन गरिएको धारण राख्नु भयो । 

कार्यक्रममा बोल्ने बक्तहरुले संघ प्रारम्भिक संस्थाहरुको साथै जिल्ला बचत संघ र प्रदेश बचत संघको पनि अभिभावक भएकोले समग्र अभियानलाई एकतावद्ध बनाउन नेतृत्व लिनु पर्ने धारणा राख्नु भयो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका रजिष्ट्रार, उप महानगर पालिकका प्रमुख प्रशासकीय अधिकृतले संघले राम्रा कामहरु गरिरहेको र आगामी दिनहरुमा जिम्मेवारी पूर्वक आफ्ना सदस्यहरुको अनुगमन गरि सहि दिशानिर्देश गर्नु पर्ने धारणा राख्नु भयो ।

प्रतिनिधि मूलक रुपमा सहभागिका जिज्ञसाहरुको सम्बोधन संघका महासचिव अधिकारी र सहायक कार्यकारी अधिकृत तिमिल्सिनाले गर्नु भएको थियो ।

कार्यक्रममा संघका सहकायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले प्रस्तुतिकरण गर्नु भएको कार्यक्रममा सहभागिलाई स्वागत र कार्यक्रमको उद्देश्य माथि प्रकाश संघका वरिष्ठ उपाध्यक्ष चन्द प्रसाद ढकालले गर्नु भएको थियो भने सञ्चालन रुपन्देही सदस्य सेवा कार्यालय इन्चार्ज प्रकाश अधिकारीले गर्नुभएको थियो ।

संघको बार्षिक नीति तथा कार्यक्रम अन्तर्गत तय भएको साकोस अभियानको नेतृत्वको पुनः जागरण कार्यक्रम ६ प्रदेशमा सम्पन्न भएका छन् भने मधेश प्रदेशको वर्दिवासमा कार्यक्रमको तयारी भइरहेको छ । भदौ ११ गते सुदूरपश्चिको धनगढीबाट शुरु भएको जागरण अभियान कर्णालीको सुर्खेत, कोशीको सुनसरी, बागमती प्रदेश अन्तर्गत चितवन र बनेपा, गण्डकीको पोखरा र लुम्बिनीको बुटवलमा सम्पन्न भएका हुन् । 

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२१ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप