सिद्धान्तमा अडिग सहकारीमा समस्या छैनः नेफ्स्कून सञ्चालक सापकोटा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धान्तमा अडिग सहकारीमा समस्या छैनः नेफ्स्कून सञ्चालक सापकोटा

रुपन्देही । नेफ्स्कूनका सञ्चालक सदस्य सन्दिप सापकोटाले सहकारी मूल्य, मान्यता र सिद्धान्तको परिधिभित्र सञ्चालित संस्थामा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ । सहकारीको जग यसका मूल्य, मान्यता र सिद्धान्त भएको प्रष्ट पार्दै उहाँले जग बलियो भएको संस्थामा सुशासनको समस्या नभएको बताउनुभएको हो । रुपन्देहीको बुटवलस्थित श्री मंगलमय बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै प्रमुख अतिथि नेफ्स्कून सञ्चालक सदस्य सापकोटाले बाटो बिराएका संस्थाहरुमा मात्र समस्या आएको उल्लेख गर्नुभयो ।

सहकारीमार्फत सदस्य र समुदायको हितमा थुप्रै काम भएको चर्चा गर्दै उहाँले सहकारी अभियन्ताहरुले पनि स्वयंसेवी भावनासहित काम गरेको बताउनुभयो । उहाँले सहकारीको माया भएका अभियन्ताहरुले घरको दालभात खाएर अभियानको हितमा काम गरेको दाबी गर्नुभयो । केही संस्थामा पदको दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा लिप्त भएकाहरुका कारण समस्या आएपनि सदस्य केन्द्रीत संस्थाहरु निर्धक्क साथ चलेको उहाँले उल्लेख गर्नुभयो ।  

संस्थाकी कार्यवाहक अध्यक्ष बुधमाया पुनःको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयका प्रमुख प्रकाश अधिकारी, राष्ट्रिय सहकारी बैंकका वुटबल शाखा प्रमुख, संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, संस्थाका सल्लाहकार तथा सदस्यहरुको उपस्थिति रहेको थियो । ४९ करोड ९५ लाख बढी कूल सम्पत्ति रहेको संस्थामा ४ करोड २५ लाख बढी सेयर पुँजी रहेको छ भने ३ करोड ९१ लाख बढी जगेडा तथा अन्य कोष रहेको छ । यस्तै, ४० करोड बढी निक्षेप संकलन गरेको साकोसले ३८ करोड बढी ऋण लगानी गरेको छ भने १ करोड १३ लाख बढी मुनाफा गरेको छ । संस्थामा हाल १४ सय बढी सदस्य रहेका छन् । साधारण सभाले विभिन्न प्रतिवेदन तथा कार्यविधिहरु समेत पास गरेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप