पद्मावती साकोसको ज्येष्ठ सदस्य सम्मान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पद्मावती साकोसको ज्येष्ठ सदस्य सम्मान कार्यक्रम

ललितपुर । नःबहालस्थित पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. ले ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । पद्मावती साकोसका अध्यक्ष नेमवीर शाक्यको अध्यक्षतामा आज आयोजित कार्यक्रमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ढकालले समुदायमा आधारित सहकारी संस्थाहरुले संयमित भएर कारोबार र सदस्य सेवाका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरिरहेको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । 

उहाँले समुदायमा आधारित सदस्य केन्द्रीत पद्मावती साकोस जस्ता संस्थाहरुले केवल बचत तथा ऋणको कारोबार मात्र नभई सदस्यहरुको जीवनको विविध पक्षमा टेवा पुर्याउने गरी अनुकरणीय कार्यक्रमहरु सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले सबै सहकारीहरु खराब हुन भन्ने भाष्य चिर्न आवश्यक रहेको भन्दै त्यसका लागि सदस्य सेवाका कामहरु नै गतिलो जवाफ हुने बताउनुभयो । आफ्ना सदस्य संघ संस्थाहरुलाई सहयोग गर्न नेफ्स्कून सधै तयार रहेको बताउँदै नीति, विधि र प्रविधिमा आधारित रही काम गर्नुपर्ने विषयमा अध्यक्ष ढकालले जोड दिनुभयो । 

पद्मावती साकोसको वृद्ध उपसमितिको व्यवस्थापनमा २०औं वृद्ध वार्षिक समारोहको उपलक्ष्यमा ७८ वर्ष उमेर पुगेका संस्थाका ज्येष्ठ सदस्यहरुलाई आज एक कार्यक्रमका बीच प्रमुख अतिथि ढकाल, संस्थाका अध्यक्ष, अन्य अतिथि लगायतले सम्मानित गर्नुभएको थियो । पद्मावती साकोसले प्रत्येक वर्ष चैत महिनामा वृद्ध सम्मान कार्यक्रम गर्दै आएको छ ।

२०५० सालमा स्थापित पद्मावती समुदायमा आधारित सदस्य केन्द्रीत बचत तथा ऋण सहकारी संस्था हो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप