सिद्धार्थ साकोसको १६औं स्थापना दिवस
साकोस अभियानको समृद्धिको राजमार्गमा द्रुतगतिमा अघि बढेका छौंः अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियानको समृद्धिको राजमार्गमा द्रुतगतिमा अघि बढेका छौंः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थिरीकरण कोष मार्फत सदस्य संघ संस्थाहरुको जोखिम विश्लेषण एवम् सुरक्षा तथा तथा बचत तथा ऋण सुरक्षण कोषमार्फत बचत सुरक्षणको प्रत्याभूतिको विषय कार्यान्वयनको अन्तिम चरणमा पुगेको खुलासा गर्नुभएको छ ।

हिजो भक्तपुरमा सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको १६औं स्थापना दिवसको कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले स्थिरीकरण कोष सञ्चालन कार्यविधिमा आवश्यक संशोधनसहित आवद्ध संघ संस्थाहरुको जोखिम विश्लेषण गर्न सकिने बाटो खुल्न लागेको तथा बचत सुरक्षण कोष स्थापना हुने तयारीमा रहेको जानकारी गराउनुभएको हो ।

साथै उहाँले घरभित्र नियामक निकाय र सरोकारवालाहरुसँगको बहसपैरवी मात्र नभई नेफ्स्कूनको सीमापार सञ्जाल सम्बन्ध र समन्वय पनि उत्तिकै सघन र फलदायी हुँदै गएको दाबी गर्नुभयो । खासगरी पछिल्लो समय अमेरिकाको बोस्टनमा सम्पन्न विश्व क्रेडिट युनियन सम्मेलनका क्रममा विश्व ऋण परिषद्को सञ्चालक समितिको निर्वाचनमा प्रतिस्पर्धा गरेसँगै नेफ्स्कून विश्व मञ्चमा प्रभावशाली रुपमा देखिएको, चिनिएको र चर्चापरिचर्चाको विषय भएको उहाँले बताउनुभयो ।

सिद्धार्थ साकोसका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कून अध्यक्ष ढकालले संघको आसन्न स्थापना दिवसमा उत्साहका साथ सहभागिताका लागि पनि सदस्य संघ संस्था एवम् सरोकारवालाहरुलाई हार्दिक आग्रह गर्नुभएको छ । नेफ्स्कूलने यही साउन ३२ गते आफ्नो ३७औं वार्षिकोत्सव काठमाडौंमा एक कार्यक्रम गरी मनाउँदैछ । सोही कार्यक्रमलाई लक्षित गर्दै अध्यक्ष ढकालले भन्नुभयो, ‘संघले सही लय र आवश्यक गति पक्रिसकेको छ । अब हामी संघदेखि साकोसहरुसम्म शून्य सहनशीलतासहितको सुशासन र सदस्य शसक्तीकरणमार्फत साकोस अभियानको समृद्धिको राजमार्गमा दु्रतगतिमा अघि बढेका छौ, त्यही भएर यो विषयलाई एक्नलेज गर्न जरुरी छ ।’

स्थापना दिवसको कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठ तथा अन्य वक्ताहरुले संस्थाले हालसम्म गरेका उपलब्धिहरुको चर्चा तथा आगामी रणनीतिका बारेमा जानकारी गराउँदै नेफ्स्कूनबाट गरेका अपेक्षाहरुबारे पनि आफ्नो धारणा राख्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप