'सबै साकोसहरु भित्र नेफ्स्कून देखिने गरी काम गर्छौं'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सबै साकोसहरु भित्र नेफ्स्कून देखिने गरी काम गर्छौं'

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले एकीकृत स्वनियमन मार्गनिर्देशन २०८१ तथा संघको छैठौं रणनीतिक व्यावसायिक योजनाको मार्गचित्र सम्बन्धमा विभिन्न जिल्लास्थित साकोसहरुका व्यवस्थापन प्रमुखकहरुसँग आज अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा सहभागी साकोसका व्यवस्थापन प्रमुखहरुले सहकारी अभियानको पछिल्लो अवस्था र चुनौतीहरुबारे आफ्ना अनुभव, सुझाव, विज्ञता र विश्लेषण प्रस्तुत गर्नुभएको थियो भने ती विषयमा नेफ्स्कूनले गरिरहेका बहसपैरवीबारे जिज्ञासा राख्नुभएको थियो जसको चित्तबुझ्दो अनि विश्वासिलो सम्बोधन नेफ्स्कूनले गरेको थियो ।

नेफ्स्कून साकोस म्यानेजर्स क्लबका तर्फबाट संयोजक चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष दिपक थापा, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृतहरुसँगै मुलुकका विभिन्न जिल्लाबाट साकोसका व्यवस्थापन प्रमुखहरुको सहभागिता थियो ।

नेफ्स्कूनले २०६८ सालदेखि आफ्नो स्थापना दिवसको अवसर पारेर संघ संस्थाहरुका लागि एकीकृत स्वनियमन मार्गनिर्देशन जारी गर्दै आएको सन्दर्भमा पाँचौं संस्करणको मागनिर्देशनमा समेट्नुपर्ने विषयमा सुझावहरु लिएको हो । यसका साथै संघले हालै निर्माण गरेको छैठौं रणनीतिक व्यावसायिक योजनाका मुख्य विषयहरु समेत साकोसका व्यवस्थापन प्रमुखहरुलाई जानकारी गराएको हो ।

सहभागी साकोसका व्यवस्थापन प्रमुखहरुले संघको रणनीतिक मार्गचित्रका सम्बन्धमा विभिन्न जिज्ञासाहरु राख्नुभएको थियो भने एकीकृत स्वनियमन मार्गनिर्देशनका विषयमा पनि केही चासो व्यक्त गर्दै लिखित सुझावहरु समेत राख्ने जानकारी गराउनुभएको थियो । 

अन्तरक्रियामा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै साकोसहरु भित्र नेफ्स्कून देखिने अनि अनुभूत हुने गरी काम गर्ने विश्वास दिलाउनुभयो । संघको बहसपैरवीमार्फत साकोस अभिायनको धेरै विषयहरु सकारात्मक रुपमा अघि बढेको र अब नतिजाहरु देखिने स्तरमा पुगेको उहाँले अवगत गराउनुभयो ।

उहाँले वित्तीय सुरक्षाको विषयमा सदस्य संघ संस्थाहरुले चिन्ता लिनुनपर्ने अवस्था नरहेको भन्दै बचत सुरक्षाको पूर्ण प्रत्याभूति गराउनुभयो । यसका लागि रणनीति बनाएर मसिनो गरी काम भैरहेको समेत उहाँले जानकारी गराउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘सदस्यहरुको विश्वासलाई अक्षुण राख्ने गरी काम गरेका छौं । ढुक्क हुनुहोस्, गलत काम नेफ्स्कूनले कदापि गर्दैन ।’ संघ आफै एक्सेस स्तरीकृत कार्यक्रममा आबद्ध हुने, संघका सञ्चालक समिति आवद्ध प्रारम्भिक संस्थाहरुको अनुगमनको विषयदेखि, ऋण असुलीमा देखाइएको तत्परता र तदारुकता, सञ्चालक समितिले गरेको स्वघोषणा, आदिको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ढकालले सहभागीहरुलाई विश्वस्त तुल्याउनुभएको हो ।

नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले कर्जा असुलीलाई प्राथमिकताको पहिलो नम्बरमा राखेर संघले निर्मम रुपमा कामहरु गरेको भन्दै अघिल्लो आर्थिक वर्षको भन्दा अवस्था राम्रो भएकोमा विश्वस्त तुल्याउनुभयो । नयाँ सञ्चालक समिति आएसँगै युद्धस्तरमा ऋण असुली गर्ने दिशामा कामहरु गरिएको र यसबीचमा राम्रो सफलता हासिल भएको जानकारी गराउनुभयो । कोषाध्यक्ष थापाले अबको ध्यान पनि कर्जा असुलीसँगै संघको ऋण लगानी प्रक्रियालाई नीतिगत रुपमा सुधार र संशोधनसहित बचत सुरक्षण रहेको बताउनुभयो । कोषाध्यक्ष थापाले असल मनसाय राखेर सदस्य संघ संस्थाको सल्लाह सुझाव लिर्दै उनीहरुकै भावना प्रतिविम्बत हुने गरी संघले काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेफ्स्कूनको रणनीतिक मार्गचित्र निर्माणको ऐतिहासिक पृष्ठभूमिसँगै पछिल्लो रणनीतिक मार्गचित्रका मूलभूत विषयहरु, अन्तर्राष्ट्रिय प्रचलन र प्रयोगहरु, विश्व क्रेडिट युनियनको अभ्याससँगै सहभागीहरुको जिज्ञासाको पनि सम्बोधन गर्नुभएको थियो । साकोस अभियानलाई जवाफदेहीसँगै एकीकृत पनि बनाउने उद्देश्यका रणनीति तयार भएको उहाँले बताउनुभयो । साथै उहाँले संघको ४ वटा रणनीतिक आयामहरुसँगै प्रत्येकका ४ विषयहरु पनि सारमा राख्नुभएको थियो ।

कार्यक्रममा संघका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले संघको छैठौं रणनीतिक योजनाको मुलभूत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संयोजक कृष्ण कुमार श्रेष्ठले संघले दीर्घकालिन योजनासँगै संघले छोटो अवधिको रणनीतिहरु पनि बनाएर सदस्य संस्थाहरुको समस्या र उल्झनहरु समाधानको प्रयास गर्नुपर्ने धारणा राख्नुभयो । नेफ्स्कूनको रणनीतिले साकोस अभियानलाई नै ड्राइभ गर्ने भएकाले यसको योजनाले गरिमा कायम गर्नुपर्ने सुझाव राख्नुभयो ।

सहभागीहरुले सदस्य संघ संस्थालाई केन्द्रमा राखेर काम गर्नुपर्ने, आन्तरिक सुशासन प्रवर्धन गर्नुपर्ने, सदस्यहरुलाई परेको बेलामा सहयोग गर्नुपर्ने, बचत सुरक्षणलाई ध्यान दिनुपर्ने, नतिजामुखी बहसपैरवी गर्नुपर्ने, अभियानको एउटै आवाज बनाउन भूमिका खेल्नुपर्ने लगायतका सुझावहरु राख्नुभएको थियो ।

कार्यक्रम सञ्चालन संघका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० घण्टा अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप