साकोसहरुले विद्यमान कानुनको पूर्ण पालना गर्नु पर्दछ: नेफ्स्कून कोषाध्यक्ष थापा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसहरुले  विद्यमान कानुनको पूर्ण पालना गर्नु पर्दछ: नेफ्स्कून कोषाध्यक्ष थापा

काठमाडौं । नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले साकोसहरुले विद्यमान कानुनहरुको पूर्ण पालना गर्नुपर्ने बताउनुभएको छ । सहकारी सञ्चालनको क्रममा संस्थाका कर्मचारीहरु सञ्चालकहरुको सल्लाहकार सरह भएको बताउँदै उहाँले कानुनको पूर्ण पालन गराउनमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्नुभयो ।

नेफ्स्कूनको आयोजनामा साउन २३ गते काठमाडौंमा आयोजित कर योजना तथा व्यवस्थापन तालिममा बोल्दै कोषाध्यक्ष थापाले संस्थालाई सुशासित र अनुपालन कायम राख्न कर्मचारीहरु हरेक विधामा सञ्चालकहरु भन्दा छिटो अद्यावधिक हुनु पर्ने कोषाध्यक्ष थापाले बताउनुभयो । सहकारी सञ्चालकहरुले परदर्शी नेतृत्व प्रदान गर्न समय सापेक्ष रुपमा आफूलाई विभिन्न विधामा अद्यावधिक गराइरहनुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो ।

साकोसले सदस्यलाई धनी बनाउनु पर्दछ भन्दै उहाँले त्यसको लागि हरेक क्रियाकलापको योजना बनाएर कार्यान्वयन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । ती मध्ये कर योजना तथा व्यवस्थापन महत्वपूर्ण क्रियाकलाप भएको उहाँले बताउनुभयो । संस्थाले राज्यलाई बुझाउनु पर्ने कर आन्तरिक राजस्व विभागले जारी गरेका निति नियम अनुसार पूर्ण रुपमा बुझाउनुपर्ने उहाँको भनाइ थियो । नेफ्स्कूनले समय सापेक्षा सदस्य संघ संस्थाहरु क्षमता विकासका लागि विभिन्न किसिमका तालिम तथा गोष्ठिहरु सञ्चालन गरिरहेको र अवका दिनमा पनि गर्ने कोषाध्यक्ष थापाले जानकारी गराउनुभयो ।

कर विज्ञ प्रद्युमन घिमिरेको प्रशिक्षण रहेको तालिमको समापन कार्यक्रमको सञ्चालन र सहजीकरण संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने व्यवस्थापन सहयोग संघकी तालिम सहायक जया घिमिरेले गर्नुभएको थियो । तालिममा २४ जनामा महिला सहित जम्मा ४० जनाको सहभागिता रहेको थियो । तालिममा १० जिल्लाका ३६ साकोसबाट सहभागिता रहेको थियो ।

तालिमका सहभागीहरुले नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुलाई समय सापेक्षा तालिम आयोजना गरेमा धन्यवाद दिदैं यो तालिमले सहकारी संस्थामा आकर्षित हुने आयकर ऐन २०५८ र आर्थिक विधेयक, आर्थिक ऐन २०८१ को बारेमा जानकारी प्राप्त भएको बताउनुभयो ।

सहकारी संस्थाले पालना गर्नु पर्ने विभिन्न कानुन मध्ये कर अनुपालन साहै महत्वपूर्ण रहेको भन्दै सहकारी संस्थाहरुले बुझाउने राजस्वका विभिन्न शिर्षकहरुको बारे सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान हासिल भएको बताउनुभयो । साथै सहकारी संस्थाले सरकारलाई बुझाउने राजस्व भुक्तानिका लागि आ.व को शुरुवातमा नै योजना बनाएर कर तिरेमा संस्थामा व्यवभार नपर्ने र आर्थिक कारोवारलाई योजनाबद्ध ढंगवाट सञ्चालन गर्न तालिम नै फलदायी भएको प्रतिक्रिया व्यक्त गर्नुभयो । आगमाी दिनमा नेफ्स्कूनले समय सापेक्ष तालिम तथा गोष्ठी आयोजना गर्नु पर्ने सुझाव उहाँहरुको थियो । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२७ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२७ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप