मध्यनेपाल साकोस २८औं बर्षमा प्रवेश, २५ हजार बढी सदस्यहरुमा सेवा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मध्यनेपाल साकोस २८औं बर्षमा प्रवेश, २५ हजार बढी सदस्यहरुमा सेवा

नवलपरासी । देवचुली(१४, प्रगतिनगरमा सञ्चालित मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि। ले २७औं वार्षिकोत्सव कार्यक्रम दलदलेमा वैशाख ८ गते, सोमबार सम्पन्न गरेको छ । कार्यक्रममा साकोसका अध्यक्ष तुलमणी पौडेलको अध्यक्षता र  देवचुली नगरपालिका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि देवचुली नगरपालिका नगरप्रमुख न्यौपानेले मध्य नेपाल साकोस सदस्यको छहारी भएको बताउनु भएको थियो ।  मध्यनेपाल साकोस सेयर सदस्यहरुको हितमा केन्द्रीत रही सुरक्षित वित्तीय कारोबार गरेको छ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले देवचुली नगरपालिकाभित्र सञ्चालित केही सहकारीहरुमा समस्याहरु देखिएको र सम्बन्धित गुनासाहरु नगरपालिका समक्ष आइरहेको पनि जानकारी गराउनुभयो । नगरपालिका भित्रका सहकारीहरुको सञ्चालन तथा व्यवस्थापन गलत नभएको तर विविध प्राविधिक कारणले गर्दा छिटपुट समस्या देखिएको विचार उहाँले व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा साकोसकी उपाध्यक्ष प्रेमा कुमारी खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने साकोसका प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुसालले संस्थाको वित्तीय अवस्था र वर्तमान समग्र संस्थागत गतिविधिबारे जानकारी गराउनुभएको थियो । २७ बर्ष पुरा गरि २८औं बर्षमा प्रवेश गर्दै गर्दा साकोसले २५ हजार ५७१ सदस्यहरुमाझ वित्तीय सेवा पुर्याएको छ । रु. १४ करोड ३४ लाख १६ हजार ३०० सेयर पुँजी, १० करोड ६३ लाख ६९ हजार २०६ जगेडा कोष रहेको साकोसको कुल सम्पत्ती १ अर्ब ४७ करोड ७१ लाख ७९ हजार पुगेको छ । नेफ्स्कूनद्वारा प्रवर्द्धित नेपाल स्तरको गुणस्तर सुनिश्चितताका कार्यक्रम प्रोवेशन र एशियाली स्तरको कार्यक्रम एक्सेसमा आबद्ध रहि स्वस्थ वित्तीय सूचक निर्माण गर्न सफल मध्येनेपाल साकोसले एक्सेस र प्रोवेशन ब्राण्ड समेत प्राप्त गरिसकेको छ भने एक्सेस कार्यक्रममा नियमित आबद्ध छ । 

वार्षिकोत्सव समारोहमा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका सञ्चालक सदस्य होमनाथ जैशी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रराजज्योती पौडेल, नवलपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सह सचिव नारायण प्रसाद पौडेल, साकोसका निवर्तमान सल्लाहकार रामप्रसाद शर्मा, १३ न. वडाका वडाध्यक्ष एकदेव पौडेल,  सल्लाहकार एवम्  प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरिया र सल्लाहकार मानसिङ खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमको समापन गर्दै अध्यक्ष तुलमणी पौडेलले साकोस स्थापना काल देखि हाल सम्म योगदान पुर्याउनुहुने सम्पूर्ण सेयर सदस्यहरु, सल्लाहकारहरु, बालबचत कर्ताहरु, जिल्ला संघहरु, केन्द्रीय संघ, स्थानीय जनप्रतिनिधिहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र सरोकारवालाहरुमा धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिब डिलाराम पाण्डेले गर्नु भएको थियो । साकोसले वार्षिकोत्सवका अवसरमा बाल बचतकर्ता सदस्यहरुका लागि AI तथा Robotics सम्बन्धी अभिमुखिकरण, रक्तदान कार्यक्रम लगायतका गतिविधिहरु समेत सञ्चालन गरेको थियो ।  

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप