साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला पोखरामा, स्क्यानमा आबद्ध चार संस्थाको प्रतिबद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला पोखरामा, स्क्यानमा आबद्ध चार संस्थाको प्रतिबद्धता

पोखरा । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय पोखराको आयोजनामा एक दिवशिय साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला पोखरामा असोज २८ गते सम्पन्न भएको छ ।

 नेफ्स्कून सञ्चालक कमला देबी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो  । संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली, पुँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले सदस्यहरुलाई उपलब्ध गराउने सेवा सुविधाको बिषयमा छलफल भएको थियो । 

२०६३ सालबाट सुरुवात गरिएको साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम  Access, probation लगाएतका स्तरिकरण कार्यको थालनिलाई संस्थागत गर्न नयाँ अनुगमन निरिक्षणको कार्यक्रम स्क्यान अव सबै  साकोसहरुमा अनिवार्य गर्नको लागि संघको सञ्चालक बाट निति तथा कार्यक्रम र कार्यविधी निर्माण गरि सुरुवात गरिएको छ । राज्यको नियामकिय निकायबाट वित्तिय सहकारीलाई कानुन सम्मत ढंगबाट सुशासन पारदर्शि र मर्यादित बनाउनको लागि कानून बनाई मापदण्ड कार्यान्वयनमा ल्याएको परिवेशमा क्षमता पुगेका साकोसले वित्तिय परिक्षण गराउँन सक्ने गरि यो कार्यक्रम ल्याएको स्क्यान कार्यक्रम अन्तर्गत प्रोवेसन कार्यक्रममा आबद्ध भएका साकोसको समग्र कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम र सञ्चालन तथा सुशासन जोखिममा न्यूनीकरण गर्ने भएकाले चाडै  स्क्यानमा जोडिन आग्रह समेत गरिएको थियो । कार्यक्रम प्रभाबकारी भएकाले पश्चात समृद्धि साकोस,महिला आधार साकोस,भुमेश्वर साकोसले स्क्यान कार्यक्रममा आबद्ध हुने प्रतिबद्धता जनाउनु भएको थियो ।

५५ संस्थाबाट नेतृत्व र व्यवस्थापन प्रमुख गरी  ११० जनाको सहभागिता रहेको कार्यक्रमको सहजिकरण विभागिय प्रमुख दुर्गा प्रसाद ढकाल र कार्यक्रमको संचालन कार्यक्रम अधिकृतम मनोज खड्काले  गर्नु भएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप