नेफ्स्कूनद्धारा सहकारीको अनुगमन अभियान तीव्र,एकैदिन पाँच साकोस आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्धारा सहकारीको अनुगमन अभियान तीव्र,एकैदिन पाँच साकोस आबद्ध

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) संग विभिन्न जिल्लाबाट स्क्यान कार्यक्रममा एकैदिन पाँचवटा साकोस आबद्ध भएका छन् । 

मकवानपुरबाट जागरण साकोस, चितवनबाट मनकामना, सजिलो साकोस, सुनसरी समन्वय साकोस र मोरङ बाट जागृति साकोस गरी पाँचवटा साकोसले नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा कार्तिक २५ गते आबद्धता जनाएका हुन् । 

संघले आबद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखीमको स्तर निर्धारण,जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित एक्सेस,प्रोवेसन,तथा कव्स कार्यक्रमको सिकाइका आधारमा विकास गरिएको कार्यक्रम स्क्यानले आबद्ध सबै संस्थालाई अनुगमन सुपरिवेक्षण गर्ने लक्ष्य राखेको छ । 

मकवानपुर । जागरण साकोसका अध्यक्ष सत्रुघन दुलाल, सचिव सरिता विश्वकर्मा ब्यवस्थापक मेनुका दाहाल त्यसै गरी नेफ्स्कूनको तर्फबाट मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत, चितवन सदस्य सेवा कार्यालय सहायक सुरेन्द्र श्रेष्ठ रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र दोस्रो पक्ष बाट अध्यक्ष सत्रुघन दुलालको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो

चितवन । मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष इन्द्र बहादुर खडका, व्यवस्थापक अनिष भण्डारी, सञ्चालक सदस्य जया खनाल पौडेल नेफ्स्कून सेवा कार्यालयका बरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट अधिकृत यमकला सुवेदी दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष विष्णु प्रसाद सापकोटाको हस्ताक्षरमा दुई पक्ष बीच सम्झौता सम्पन्न भएको थियो ।

चितवन । सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव कर्ण बहादुर विश्वकर्मा,व्यवस्थापक सुरेश पौडेल नेफ्स्कून सेवा कार्यालयका बरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट अधिकृत यमकला सुवेदी दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष देविलाल गौतमको हस्ताक्षरमा दुई पक्ष बीच सम्झौता सम्पन्न भएको थियो ।

मोरङ । जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र श्रेष्ठ,सचिव धर्मराज थापा,कोषाध्यक्ष मणीकुमार श्रेष्ठ र अन्य सञ्चालक सदस्यहरुका साथै व्यवस्थापक लक्ष्मी प्रसाद न्यौपाने र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मुकेश दाहाल, अनुगमन सहायक डिल्लिराम तिम्सिनाको रोहबरमा सम्झौता सम्पन्न भएको थियो।

सुनसरी । समन्वय बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष पार्वति न्यौपाने,उपाध्यक्ष मन कुमारी चौधरीका साथै अन्य सञ्चालक सदस्यहरु, ब्यवस्थापक पलहत शाह र नेफ्स्कूनको कार्यक्रम अधिकृत मुकेश दाहाल, बरिष्ठ सहायक गणेश भण्डारी र अनुगमन सहायक डिल्लिराम तिम्सिनाको रोहबरमा सम्झौता सम्पन्न भएको छ ।

सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । यस कार्यक्रमले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप