सृजना साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सृजना साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

कञ्चनपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा संचालित नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दोधारा चाँदनी–४, कञ्चनपुर को स्थलगत सुपरिवेक्षण कार्तिक २५ गते सम्पन्न भएको छ।

सुपरिवेक्षणका क्रममा सहकारी संस्थाको सदस्यता व्यवस्थापन, लेखा परीक्षण, वित्तीय विवरण, सम्पत्ति व्यवस्थापन, MIS अद्यावधिक तथा शासन प्रणाली लगायतका विषयहरूमा मूल्यांकन गरी सुधारका लागि सिफारिसहरू पेश गरिएको छ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रबिण अधिकारीको सहजीकरण र संस्थाको संचालक समिति, प्रोबेशन कार्यदल तथा ब्यबस्थापनको उपस्थितिमा गरिएको स्थलगत निरीक्षणमा संस्थागत सुदृढीकरण, वित्तीय पारदर्शिता, सुशासन, सदस्य हित सुनिश्चितता, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीका पक्षहरूमा विशेष ध्यान दिइएको थियो। 

अनुगमन टोलीले संस्थाको नियमावली, कर्जा तथा बचत कार्यक्रम, ब्याजदर, लेखा प्रणाली, सम्पत्ति शुद्धिकरण निवारण नीति, नियामक निकायका निर्देशनको कार्यान्वयन, तथा भाखा नाघेका ऋण असुलीको अवस्था समेत समीक्षा गरेको छ। समीक्षाको क्रममा सहकारीको समग्र कार्यप्रणाली अध्ययन गरी संस्थागत सुधारका लागि विभिन्न व्यावहारिक सुझाव र सिफारिसहरू प्रस्तुत गरिएको छ। साथै, अघिल्ला अनुगमनमा दिइएका सुझावहरूलाई प्रोबेशन कार्यदलमा विस्तृत छलफल गरी सञ्चालक समितिमा पेस गरी कार्यान्वयन गर्न सिफारिस गरिएको छ।

संस्थाले यस्ता अनुगमन तथा सुपरिवेक्षण कार्यक्रमहरूले सहकारीहरूको कार्यदक्षता, पारदर्शिता, सुशासन र जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको जनाएको छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप