काठमाडौंमा साकोस जोखिम व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौंमा साकोस जोखिम व्यवस्थापन कार्यशाला सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा साकोस जोखिम विश्लेषण कार्यशाला (क्युरिमा) नेफ्स्कून सदस्य सेवा कार्यालय न्यूरोड र मुख्य कार्यालय अन्तर्गतका साकोसहरुको सहभागितामा कार्तिक २५ गते सिद्धार्थ फुडल्याण्ड पुरानो बानेश्वरमा सम्पन्न भएको छ ।

संक्षिप्त भनाइ सहित कार्यक्रमको शुभारम्भ गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष तथा सदस्य सेवा व्यवस्थापन उपसमिति संयोजक दामोदर अधिकारीले नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरुको सुशासन व्यवस्थापन र जोखिम नयुनिकरणका लागि तथा नियामकीय परिपालनामा सहयोग पुर्याउने उद्देश्यले नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) निर्माण गरी कार्यान्वयनमा ल्याइएको जानकारी गराउनुभयो । यस कार्यक्रमबाट स्कयान कार्यक्रम अन्र्तगत रहेका जोखिमका ६ वटा क्षेत्र  २५ वटा सूचकहरुमा गहन छलफल, विश्लेषण तथा कार्ययोजना निमार्ण गरी जोखिम न्यूनीकरणका लागि सुशासित वित्तिय संस्थाको रुपमा स्थापित गर्न शुभकामना दिनुभएको थियो ।

 कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य खेमराज सुवेदीले संस्थाले आफ्ना सदस्य संस्थाहरुको नीतिगत परिवर्तनलाई संस्थागत कार्यान्वयनमा सहजीकरण गरिरहेको तथा संस्थाभित्रको आन्तरिक सुशासन, व्यवस्थापनलाई सुदृढीकरण गर्न नेफ्स्कून सदैव लागिरहेको कुरा बताउँदै स्क्यान कार्यक्रममा आवद्ध हुन आव्हान समेत गर्नुभएको थियो ।

५० वटा संस्थाबाट ८० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेम वाग्लेबाट भएको थियो भने कार्यक्रम सञ्चालनमा कार्यक्रम अधिकृत सोविता मैनाली ले गर्नूभएको थियो ।

सहभागी संस्थासंग समन्वय तथा व्यवस्थापन अर्जुन गुरुंग,शिल्पा श्रेष्ठ र उत्सव भट्टले  तथा संस्थाहरुलाई धन्यबाद ज्ञापन फिल्ड इन्चार्ज विदुर खड्का तथा खिलानाथ लुइटेलले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१४ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१७ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

पाठकबाट थप