मध्यविन्दु नगरपालिका वडा न.४ लाई पूर्ण किसान सदस्य वडा घोषणा,  निःशुल्क स्वास्थ्य परिक्षणबाट ११७ जना सदस्यहरु लाभान्वित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मध्यविन्दु नगरपालिका वडा न.४ लाई पूर्ण किसान सदस्य वडा घोषणा,  निःशुल्क स्वास्थ्य परिक्षणबाट ११७ जना सदस्यहरु लाभान्वित

गैंडाकोट नगरपालिका वडा न.८ मा केन्द्रिय कार्यालय रहेको किसान वचत तथा ऋण सहकारी संस्था लि.ले मिति २०८२ मंसिर २० गते मध्यविन्दु नगरपालिका ४ स्थित किसान साकोस पञ्चवटी सेवाकेन्द्रको परिसरमा एक भव्य कार्यक्रम आयोजना गरि मध्यविन्दु नगरपालिका वडा न.४ लाई पूर्ण किसान सदस्य वडा घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।

मध्यविन्दु नगरपालिका वडा न. ४ अन्तर्गत कुल ८४० घरधुरी मध्ये ८०३ घरधुरी (कुल घरपरिवारको ९५.५९ प्रतिशत) किसान साकोसमा आवद्ध हुनुभएकोले पूण वडा घोषण गरीएको हो । किसान वचत तथा ऋण सहकारी संस्था लि।को प्रस्ताव एवं मध्यविन्दु नगरपालिका वडा न.४ का वडा अध्यक्षको सिफारीसमा कार्यक्रमका प्रमुख व्यक्तित्व मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख पूर्णकला चौधरीले द्वारा पूर्ण वडा घोषणाको अभिलेख किसान साकोसका अध्क्षयलाइ हस्तान्त्रण गर्नुभएको थियो । 

पूर्ण वडा सदस्य अभिलेख प्रमाणीकरण गरी हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख व्यक्तित्व चौधरीले सदस्यहरुलाई घर नजिकैबाट वित्तिय सेवा एवं महिलाहरुमा वित्तिय पहुँचमा किसानले गरेको गरेको कार्यको प्रशंसा गर्दै नगरपालिकाले थप सहकार्य गर्न सकिने बताउनुभएको थियो । बर्तमान परिवेसमा हल्लाको पछाडी नलागी आफ्नो सहकारीकोबारेमा जानकारी राख्नु र राम्रो सदस्य सेवामा केन्द्रित सहकारीको चयन गरी लाभान्वित हुन सदस्यहरुलाई सुझाव समेत दिनुभएको थियो ।

वडा न.४ का अध्यक्ष डिल्लीराम थारूले शुभकामना मन्तव्य राख्दै किसान साकोस नेपालकै एक उत्कृष्ट साकोस रहेको एवं किसान साकोसले आफ्नो वडाबाट सेवा प्रदान गरेकोमा धन्यबाद दिनुभएको थियो। घरदैलोमै वित्तिय पहुँच पुर्‍याएको किसान साकोसले स्वास्थ्य शिविर, वित्तिय साक्षरता लगाएतका कार्यक्रमहरु गरि सदस्य सबलिकरणमा काम गरेको र थप प्रगति गर्दै जाओस् भनि शुभकामना दिनुभएको थियो।

संस्थाका अध्यक्ष भोजराज पौडेलले किसान साकोसलाई आफ्नो सहकारीको रुपमा चयन गर्नु भएका वडा नं.४ का सबै सदस्य एवं परिवारजनलाई मनैदेखी कृतज्ञता ज्ञापन गर्दै कार्यक्रम भव्य र सफल गराउन लाग्नुहुने सबैमा धन्यबाद व्यक्त गर्नुभएको थियो। 

कार्डियोलोजी एण्ड डायबिटिज सेन्टर भरतपुरका अध्यक्ष विजय न्यौपानेले किसान साकोससँगको सहकार्यमा समुदायस्तरमा स्तरीय स्वास्थ्य सेवा विस्तारको लागि शिविरमा योगदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो मुख्य उद्देश्य नाफा कमाउनु भन्दा पनि सेवाको पहुँच विस्तार रहेकोमा जोड दिनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षता, मध्यविन्दु नगरपालिकाका नगर उप.प्रमुख पूर्णकला चौधरीज्यूको प्रमुख आतिथ्यता र नेफस्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतम, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष्य तिलक प्रसाद पराजुली र मध्यविन्दु नगरपालिका वडा न.४ वडा अध्यक्ष डिल्लीराम थारू र वडा नं.६ का वडाअध्यक्ष लाभप्रसाद पाठकको विशिष्ट आतिथ्यता रहेको थियो । 

संस्थाका सचिव सरस्वती कंडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष राजेन्द्र गौतम, संचालक समिति सदस्य देवी घिमिरे, संचालक समिति सदस्य बालु पुरी साथै जनमुखी सेवाकेन्द्र संयोजक भेषराज पौडेल, कुनाको सेवाकेन्द्र संयोजक रामकृष्ण पौडेल, भविष्यनिर्माण सेवाकेन्द्र संयोजक लाल प्रसाद रेग्मी, विष्णुनगर सेवाकेन्द्र संयोजक बालकुमार शर्मा, सम्बृद्धि सेवाकेन्द्र संयोजक गोपाल श्रीपाली, साविक पञ्चवटी सामाजिक उद्यमी महिला सहकारीका संचालक समिति एवं पदाधिकारीहरु, विभिन्न वडाका वडाध्यक्ष, संघ संस्थाका प्रतिनिधी, वडाका जनप्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्य र कर्मचारी सहितको उपस्थिती रहेको थियो । 

कार्यक्रममा वडा भित्रका टोल विकास सस्थाहरुलाई डस्बीन हस्तान्तरण गरीएको थियो भने कार्डियोलोजी एण्ड डायवेटिक सेन्टर चोविसकोठी भरतपुरको ११ जनाको उच्चस्तरीय स्वास्थ्यकर्मीको टोली र मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा अन्तर्गतका प्राविधिक जनशक्ति सहित स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रमबाट पञ्चवटी सेवा केन्द्र अन्तर्गतका ११७ जना सदस्यहरुको स्पेशलिश्ट डाक्टरहरुद्वारा कार्डियोलोजी, डायवेटिक, रक्त परिक्षण, ईसिजि निःशुल्क परिक्षण एवं औषधी वितरण समेत गरीएको थियो । 

संस्थाका सचिव सरस्वती कंडेलले सहजीकरण गर्नु भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सन्जयराज तिमिल्सिनाले संस्थागत जानकारी र कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै सबै पक्षहरुसँग सहकार्य गरेर सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा संस्थागत योजना सहित कार्य गर्ने प्रतिबद्धता गर्नुभएको थियो । पञ्चवटी सेवाकेन्द्र संयोजक कला भुषालले आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्दै संस्थाप्रति सदस्य, समुदाय र सरोकारवाला पक्षहरुले दिनुभएको साथ, सहयोग, समर्थन र स्वामित्वबोधले उर्जा प्राप्त भएको भन्दै निरन्तर सहकार्यको अपेक्षा राख्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२० घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२३ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप