अघिल्लो समाचार

Vacancy Notice
२२९ दिन अगाडि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला चितवनमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला चितवनमा सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला मंसिर २३ गते चितवनको भरतपुरमा सम्पन्न भएको छ । 

संघले यसै आर्थिक वर्ष देखी लागु हुने गरी सञ्चालनमा ल्याएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत रहेर चितवन र नवलपुरमा रहेका संस्थाहरुलाई लक्षित गरी यस कार्यक्रम सञ्चालन गरिएको हो । यसै अनुरुप कार्यक्रममा चितवन र नवलपुर पुर्वका करिव ४० साकोसका सञ्चालक तथा कर्मचारी गरी ८० जना भन्दा बढिको सहभागीता रहेको थियो ।

नेफ्स्कून उपाध्यक्ष शान्ती अधिकारीको संयोजकत्वमा सञ्चालन भएको कार्यक्रमको उद्घाटन सत्रमा शुभकाना तथा स्वागत मन्तव्य राख्ने कार्यक्रममा बोल्दै नेफ्स्कून उपाध्यक्ष शान्ती अधिकारीले नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुको निरिक्षण तथा अनुगमन गरि सबल बनाउने उद्देश्यलाई प्राथमिकता दिई यस स्क्यान कार्यक्रम ल्याएको कुरा राख्नुभयो । यस कार्यक्रममा सम्पुर्ण सहकारीहरु सहभागि भई सबल र सक्षम साकोस बनाउनुपर्ने धारणा राख्नुभयो । यस कार्यक्रमले साकोसहरुमा देखीने नियमकिय जोखिम देखी संस्थाको हरेक गतिविधिहरुको सुपरिवेक्षण गर्ने भएकाले स्क्यान कार्यक्रमको महत्व रहेको कुरा राख्नुभयो । हाल केही सहकारीरुमा समस्या आइरहेको कुरालाई इङ्कित गर्दै सहकारीहरुले आफु असल र राम्रो काम गर्यो भने डराउन नपर्ने कुरा राख्नुभयो । सिकाइ भनेको निरन्तर प्रक्रीया हो । त्यसकार हरेक समय सिक्नु पर्ने कुराहरु नियमित रुपमा सिकी संस्थामा लागु गर्नुपर्ने राख्दै यस कार्यक्रममा सक्रियतापुर्वक सहभागिताको लागि अनुरोध गर्नुभयको थियोे ।

समापन सत्रमा बोल्दै उपाध्यक्ष अधिकारीले नेफ्स्कूनले हरेक विषयहरु साकोस मैत्री हुनेगरी निर्माण गरी कार्यान्वयन गरीरहेको छ । त्यसकारण त्यसको अवलम्बन गर्नको लागि साकोसलाई अनुरोध गर्नुभयो । हाल राज्य तथा नियमन निकायहरुले विभिन्न कानुनहरु निर्माण गरिरहेकाले त्यसको लागि अनुकुलन हुनुपर्ने कुरामा जोड दिदै अन्यसा साकोसलाई ठुलो असर पर्ने भन्दै त्यसको लागि नेफ्स्कूनले सहजिकरण गर्ने कुरा राख्नुभएको थियो ।

कार्यक्रममा नेफ्कून पुर्व सञ्चालक तथा अथर्व साकोसका अध्यक्ष भरत दवाडी, विकू साकोसका अध्यक्ष प्रेम प्रसाद सापकोटा लगायत सहभागिहरुले अभियानको बद्लिदो अवस्था र समग्र कार्यक्रमको बारेमा आफ्नो धारणा राख्दै यस कार्यक्रम अहिलेको अवस्थामा प्रभावकारी रहने कुरा राख्नुभएको थियो । कार्यशालामा IT Governance & Risk Management in Cooperative विषयमा सहभागिहरुलाई प्रशिक्षक घनश्याम ओली ले प्रशिक्षीत गराउनुभयो । मुख्य गरी प्रशिक्षकले सहकारीमा आइटी पोलिसी र यसले समेट्नुपर्ने क्षेत्रहरु, प्रविधिमा जोखिमका क्षेत्रहरु, प्रविधि सुरक्षाका लागि हाइजिन रुलहरु, थर्डपाटी सर्भिसमा जोखिम व्यवस्थापन र प्रविधि जोखिम व्यवस्थापनका सवालहरु विषयमा सहभागिहरुलाई अन्तरक्रियात्मक तरिकाले प्रशिक्षात गराइएको थियो । 

संघका सहायक कार्यकारी अधिकृत दुुर्गा प्रसाद ढकालले संघमा आवद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिम स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगत वर्षहरुमा सञ्चालित एक्सेस, प्रोवेसन तथा कर्वस कार्यक्रमहरुको सिकाईका आधारमा थप परिमार्जन सहितको कार्यक्रमको रुपमा यस कार्यक्रमलाई ल्याइएको कुरा राख्दै समग्र स्क्यान कार्यक्रमको बारेमा सहभागिहरुलाई जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण संघका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल ले गर्नुभएको थियो भने सञ्चालन कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभयको थियो । समग्र कार्यक्रमको व्यवस्थापन नेफ्स्कून सदस्य सेवा कार्यालय चिवनका इन्चार्ज यमकला सुवेदी सहित केदार अधिकारी र सन्तोष अधिकारीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

२ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

२ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

२ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

३ दिन अगाडि

चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित
चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित

६ दिन अगाडि

SME GG LOOP परियोजना अन्तर्गत दश दिने  तालिम सुरु
SME GG LOOP परियोजना अन्तर्गत दश दिने तालिम सुरु

७ दिन अगाडि

Notice
Notice

७ दिन अगाडि

ललितपुर जिल्ला सहकारी संघद्धारा रणनीतिक योजना तर्जुमा गोष्ठी सञ्चालन
ललितपुर जिल्ला सहकारी संघद्धारा रणनीतिक योजना तर्जुमा गोष्ठी सञ्चालन

७ दिन अगाडि

लोकप्रिय
Notice
Notice

७ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२२ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२० दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

२ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३० दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

३५ दिन अगाडि

पाठकबाट थप