बचत गर्ने बानीको विकासका लागि रामपुर साकोसको पहल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत गर्ने बानीको विकासका लागि रामपुर साकोसको पहल

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लि. रामपुर नगरपालिका ५ पाल्पाको आयोजना र जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा पौष १६ र १७ गते दुई दिवसीय बचत खेल तालिम रामपुर साकोसको कार्यालयमा पौष १७ गते सम्पन्न भएको छ । 

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मीले गर्नुभएको थियो तालिम बाट सिकेका विषयवस्तुहरुलाई आफ्नो व्यवहारीक जिवनमा लागु गर्दै छर छिमेकी र साथिभाइहरुलाई पनि सिकाउनको लागि अनुरोध सहित विषयवस्तु महत्वपुर्ण रहेको र बचत गर्ने वानिको विकास गर्दै रामपुर साकोसलाई थप मायाँ, साथ र सहयोग गर्दै जानको लागि अनुरोध गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा संदस्य तथा अर्थ उद्योग तथा पर्यटन समिति सभापती राजु प्रसाद श्रेष्ठले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले रामपुर साकोस सुव्यवस्थित रूपमा सञ्चालन भइरहेको उल्लेख गर्दै ढुक्क भएर कारोबार गर्न सकिने बताउनुभयो। तालिमका विषयवस्तुहरू अत्यन्तै व्यवहारिक र ज्ञानमूलक रहेको र यसले सरल तरिकाले बचत गर्ने शैली सिकाउने भएकाले सिकेका कुरा आफूसँगै परिवार र साथीहरूलाई पनि सिकाउन अनुरोध गर्नुभयो।

संस्थाका सचिव कृती नाथ श्रेष्ठले सञ्चालन गर्नुभएको तालिमले सहभागीहरूबीच बचत व्यवहार, वित्तीय योजना तथा समूहगत गतिशीलतामा व्यावहारिक अन्तर्दृष्टि प्रदान गरेको सहभागीहरूले बताएका छन्। फरक खालको यो तालिमले पारिवारिक बजेट निर्माणदेखि खर्च अनुशासन गर्ने विधिसम्म सिकाएको र यसलाई दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका थिए। साथै, वित्तीय साक्षरता अन्तर्गत बचतको महत्व र तरिकाबारे सदस्यहरूलाई बुझाउन सक्ने क्षमतामा वृद्धि भएको उल्लेख गरिएको थियो।

तालिमको मुख्य उद्देश्य कर्मचारीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै व्यवहारिक रूपमा बचत र खर्च व्यवस्थापनका सीप विकास गरी सदस्यहरूमा सीप हस्तान्तरण गर्न सक्ने बनाउनु रहेको थियो।  प्राविधिक सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो।

तालिममा साकोसका कोषाध्यक्ष बन्दना पोखरेल, अन्य सञ्चालक सदस्य, उपसमिति संयोजक तथा सदस्यहरू, व्यवस्थापक गोविन्द पाठक, अन्य कर्मचारीहरू लगायत ३० भन्दा बढी शेयर सदस्यहरूको सहभागिता रहेको थियो।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ घण्टा अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप