नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयद्धारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणसम्बन्धी दर्ता तथा अभिलेखीकरण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयद्धारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणसम्बन्धी दर्ता तथा अभिलेखीकरण तालिम सम्पन्न

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा सहकारी शिक्षा तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण कार्यक्रम पौष २५ गते बुटवलमा सम्पन्न भएको छ । 

नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालय तथा दाङ सदस्य सेवा कार्यालय अन्र्तगतका सदस्य संस्थाका व्यवस्थापक, कर्मचारी तथा संचालकहरुको उपस्थिति रहेको थियो । ७५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता नेफ्स्कून संचालक एवम् रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौड्याल ले गर्नु भएको थियो । कार्यक्रममा जनउत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापाले स्वागत मन्तव्य तथा प्राधिकरणका विषयमा संक्षिप्त जानकारी दिनुभएको थियो । 

कार्यक्रममा अध्यक्ष ज्ञानु पौडे्यालले प्राधिकरणका विषयमा प्रष्ट पार्नुका साथै यसले सहकारीमा देखिएका नकरात्मक गतिविधिलाई नियमन ,नियन्त्रण, सदस्यको बचतको सुरक्षा लगायत सहकारीलाई विभिन्न निति नियम,निर्देशन तथा मापदण्ड जारी गरि सुशासनमा लैजानका लागि स्थापित भएको र अव्यवस्थित रुपमा संचालन भएका सहकारीलाई पूर्ण व्यवस्थापन गर्नुमा प्राधिकरणको भुमिका रहने लगायतका विषयमा प्रष्ट पार्नु भएको थियो । दर्ता अभिलेखिकणका लागि मात्र नभई हरेक पल नेफ्स्कून सदस्यहरुको साथमा रहेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सिइओ रन बहादुर थापाले व्यवस्थापनको अहिलेको भुमिकाका विषय र प्राधिकरणमा जोडिने विषय संचालकीय भुमीका नभई व्यवस्थापकीय भुमिका रहेको हुदाँ दर्ता प्रक्रियामा अनिवार्य सहभागि हुन अनुरोध गर्नुभएको थियो । कहि कतै समस्या आएमा अविभावकीय रुपमा नेफ्स्कून सधै साथमा रहेको जानकारी दिदै व्यवस्थापनका कर्मचारीहरुलाई व्यवस्थापकिय भुमिकामा समेत प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण संघका व्यवसाय अधिकृत पवनजंग मल्लले गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना लगायत प्राधिकरणको कार्यहरुको समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा दर्ता प्रक्रियाका लागि आवश्यक कागजपत्रका विषयमा प्रष्ट पारि सवै विषयवस्तुमा प्रयोगात्मक तवर बाट सहजिकरण गर्नुभएको थियो । कार्यक्रम बाट प्राप्त सिकाईलाई अभ्यासमा लैजाने क्रममा कुनै समस्या परेमा रुपन्देही सदस्य सेवा कार्यालयमा कार्यरत कर्मचारीहरुको सम्पर्क गर्न समेत सुचित गर्नुभएको थियो । सो कार्यका लागि कर्मचारीहरुको समेत सम्पर्क नम्बर सहभागिहरुलाई उपलब्ध गराइएको थियो । 

कार्यक्रमको व्यवस्थापन वरिष्ठ सहायक नेत्रप्रसाद सापकोटा, कल्पना भण्डारी साथै कार्यालय सहायक प्रेमप्रसाद अधिकारी र पूजा कुमारी अग्रहरीले गर्नुभएको थियो । सहभागिहरुका तर्फबाट कार्यक्रम समय सन्र्दभ अनुसार रहेको नेफ्स्कूनले यो समयमा यस विषयको कार्यक्रम गरि संस्थामा रहेको अन्योैलतालाई सहजिकरण गरि कार्यक्रम मार्फत सहयोग गरेकोमा आभार व्यक्त गर्नुभएको थियो भने दर्ता प्रक्रिया अवलम्बन गर्दा कुनै प्राविधिक कठिनाई आएमा समेत सहजिकरणका लागि नेफ्स्कून संग आग्रह गर्नुभएको थियो ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप