साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला चितवनमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला चितवनमा सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला चितवनको भरतपुरमा पौष २५ गते सम्पन्न भएको छ । 

संघले यसै आर्थिक वर्ष देखी लागु हुने गरी सञ्चालनमा ल्याएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत रहेर चितवन र नवलपुरमा रहेका संस्थाहरुलाई लक्षित गरी यस कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा चितवन र नवलपुर पुर्वका २० वढि साकोसका सञ्चालक तथा कर्मचारी गरी ४५ जना भन्दा बढिको सहभागिता रहेको थियो ।

नेफ्स्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतमको संयोजकत्वमा सञ्चालन भएको कार्यक्रममा चितवन जिल्ला बचत संघका अध्यक्ष विद्या कोइरालाले हाल नेफ्स्कूनले साकोसहरुको सवलिकरणको लागि निर्माण गरी सञ्चलन गरेको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) ले संघ तथा संस्थाहरुलाई दिगो बनाउनको लागि सहयोग पुग्ने कुरा राख्दै  चितवन जिल्ला बचत संघ समेत यस कार्यक्रममा आवद्ध भएकाले सम्पुर्ण साकोसहरु आवद्ध हुनुपर्ने कुरा राख्नुभयको थियो । 

कार्यक्रममा आफ्नो भनाई राख्दै नेफ्स्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतमले नेफ्स्कूनले स्क्यान कार्यक्रम यस अघि सञ्चालन भएकाको कार्यक्रमको एकमुष्ठ र उत्कृष्ठ कार्यक्रम रहेको कुरा राख्नुभयो । नेफ्स्कून आफ्ना सम्पुर्ण सदस्य सस्थामा पुग्नुपर्दछ भन्ने उद्देश्यले समेत यस कार्यक्रम निर्माण गरिएको कुरा जानकारी दिनुभयो । हाल बजारमा सहकारीको ऋण तिर्नुपर्दैन भन्ने हल्ला फिजाउदै केही समुह लागिपरेकाले आफ्ना सदस्यहरुलाई त्यस तर्फ नलाग्न आग्रह गर्नुभयोे । सहकारी संस्था स्थापित नीति, विधि र पद्धतिमा चल्ने संस्था भएकाले आफुहरु नैतिक रुपमा जिम्मेवार भएर सोही अनुसार सञ्चालन गर्नको लागि सुझाव दिनुभयको थियो ।

संघले आवद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिम स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगत वर्षहरुमा सञ्चालित एक्सेस, प्रोवेसन तथा कर्वस कार्यक्रमहरुको सिकाईका आधारमा थप परिमाार्जन सहितको कार्यक्रमको रुपमा यस कार्यक्रमलाई ल्याइएको हो । संस्थाहरुको नियमित निरीक्षण तथा अनुगमन गरी देखिएको जोखिम व्यवस्थापन गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने गरी सदस्यहरुको लागत सहभागितामा सञ्चालन हुने गरी यो कार्यक्रमको डिजाइन भएको छ । कार्यक्रममा संघमा आवद्ध सबै सदस्यहरुलाई सहभागि गराउने लक्ष्य संघको रहेको छ । 

कार्यक्रममा नवलपरासीका खुवि साकोस चितवन, खैरहनी साकोस चितवन, ब्रम्ह साकोसको स्क्यान कार्यक्रमको सम्झौता समेत भएको थियो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता प्रक्रिया, आवश्यक कागजपत्र को वारेमा सहभागिहरुलाई अभिमुखिकरण गराइएको थियो । यसको साथै स्क्यान कार्यक्रम र यसका सूचाँङ्कहरुको बारेमा विस्तृत रुपमा जानकारी पनि कार्यशालामा गराइएको थियो । कार्यक्रमको सहिजकरण सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल, अधिकृत श्यामराजा तिमल्सिना र शौभाग्य भट्टराइले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय प्रमुख यमकला सुवेदीले गर्नुभयको थियो भने व्यवस्थापनमा संघका कर्मचारी केदार अधिकारी र सन्तोष अधिकारीको सहभागिता रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप