बारा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पर्सा सदस्य सेवा कार्यालयको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धी दर्ता तथा अभिलेखीकरण कार्यक्रम माघ ४ गते छाया साकोसको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा बारा जिल्ला बचत सघका अध्यक्ष सतेन्द्र कुमार ठाकुर र बारा जिल्लाका २५ वटा साकोसबाट ३० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखीकरण प्रक्रिया सम्बन्धी आवश्यक जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमको सहजिकरण र व्यवस्थापन नेफ्स्कून पर्सा सदस्य सेवा कार्यालय फिल्ड ईन्चार्ज दिपेन्द्र साह र नेफ्स्कून सदस्य सेवा विभाग जनकपुर सहजकर्ता रामानन्द प्रसाद यादवले गर्नुभएको थियो । दर्ता प्रक्रियाको महत्व, दर्ता प्रक्रियाको लागी आवश्यक कागजात, र अभिलेखीकरण गर्दा ध्यान दिनुपर्ने विषयहरूबारे प्रयोगात्मक प्रशिक्षण दिईएको थियो ।
कार्यक्रमले सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखिकरण गर्नको लागी सहजता हुनुको साथै नियमनको दायराभित्र ल्याउन र सहकारी क्षेत्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
२० घण्टा अगाडि
२१ घण्टा अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
२० घण्टा अगाडि
२८ दिन अगाडि
१६ दिन अगाडि
१९ दिन अगाडि
२० दिन अगाडि
१७ दिन अगाडि
१९ दिन अगाडि
२६ दिन अगाडि