नवजागरण स्वावलम्वन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवजागरण स्वावलम्वन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

मकवानपुर । भिमफेदी १, मकवानपुर स्थित नवजागरण स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था लि. को नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण माघ १४ गते सम्पन्न गरेको छ । 

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको हो । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको उद्देश्य रहेको छ । 

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाद्धारा भएको सुपरिवेक्षणमा संस्थाका सञ्चालक समिति, व्यवस्थापक र  व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । विनियम, निति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, भाखा नाघेको ऋण असुली, पूँजी पर्याप्तता अनुपात विश्लेषण लगायत समग्र वित्तीय अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा छलफल गरी सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएका सुझाबहरूलाई संस्थाको पृष्ठपोषण मानी सञ्चालक समितिको अर्को बैठकमा बृहत छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।

लोकप्रिय
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

५ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

पाठकबाट थप